महेश र अस्मिताको ‘सोलफुल युएसए म्युजिकल यात्रा’ सकियो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

17
Share
Featured
  • साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीले अमेरिकाको १५ भन्दा बढी शहरमा करिब साढे दुई महिनासम्म विभिन्न सांगीतिक कार्यक्रममा प्रस्तुति दिएका छन्।
  • भर्जिनिया र टेक्ससमा आयोजित कार्यक्रमहरूमा १५ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए र आयोजक तथा जोडी दुवैले यात्रा सफल र दर्शकहरूले अत्यन्तै रुचाएको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


चर्चित साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल युएसए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ । यो जोडीले अमेरिकाको १५ भन्दा बढी शहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका हुन् । 

‘थ्री ई इन्टरटेन्मेन्ट’ले महेश र अस्मिताको जोडिलाई फिचर्ड गर्दै आयोजना गरेको ‘सोलफुल म्युजिकल यात्रा’ करिब साढे दुई महिना भन्दा बढी संयुक्त राज्य अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको थियो ।

भर्जिनियाको एसबर्नमा आयोजित दशैं तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजित मस्म फेस्टिभलमा महेश र अस्मिताको युगल जोडीलाई हेर्न १५००० भन्दा बढीको सङ्ख्यामा दर्शक उपस्थित भएको आयोजक थ्रीइ इन्टरटेन्टमेन्टका तर्फबाट सुरेश सापकोटाले जानकारी दिए ।  ‘सोलफुल युएसए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको र दर्शकहरूले महेश र अस्मिताको जोडीलाई निकै रुचाएको आयोजकले बताए ।  

परदेशमा रहनु भएका नेपालीसँग तीज दसैँ तिहार जस्तो महत्त्वपूर्ण नेपाली चाड सँगै मनाउँदै प्रस्तुति दिन रमाइलो भएको अस्मिता र महेशले बताए ।

यो समाचारमा

तीजदशैंतिहारसंयुक्त राज्य अमेरिका
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कान्समा नेपाली चलचित्रको ऐतिहासिक उपस्थिति, हाकु पटासीमा सुनिता डंगोल

    काठमाडौँकाठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रको सहभागिता र सफलता देशको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताएकी छन्। फ्रान्सबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो उपलब्धि नेपाली फिल्म उद्योगका लागि कोसेढुङ्गा भएको उल्लेख गरिन्।डंगोलले यसपटक कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा

    Data is loading...

    Loading brands...

    Loading footer...