अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १३, बिहिबार

13
Share
Featured

काठमाडौँ

सुनसरी, इनरुवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम सहित संखुवासभा धर्मदेवी नगरपालिका-४ बस्ने ३७ वर्षीय ओमनाथ घिमिरेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध स्पास्मो ८६ ट्याब्लेट, डिकोलिक ७२ ट्याब्लेट र ट्रामाडोल १ सय ५९ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय रेहान लिम्बुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको    हो ।

बाँके, नेपालगन्ज उप-महानगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने ३८ वर्षीय चाँद अलि शेष र ३१ वर्षीय बब्लु शेष रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वैजनाथ गाउँपालिका-५ बनकटुवा बस्ने २६ वर्षीय प्रकाश रेग्मी र २६ वर्षीय प्रदिप चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेरुवा गाउँपालिका-४ गोला बस्ने ३२ वर्षीय बिर बहादुर रावल, बाँके कोहलपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरज शाही र भारत कर्नाटक ब्याङलोर बस्ने २४ वर्षीय सोयत साइत रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सल्यान, शारदा नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा शारदा नगरपालिका-१ बस्ने २१ वर्षीय प्रज्वल केसी, २४ वर्षीय नुर आलम, सोही नगरपालिका-२ बस्ने २६ वर्षीय सुरज रोका र सोही नगरपालिका-१ बस्ने प्युठान मल्लारानी गाउँपालिका-२ घर भएका २४ वर्षीय सन्दिप नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ३ थान मोटरसाइकल समेत बरामद गरेको छ । 

कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेलधुरा आलिताल गाउँपालिका-३ बस्ने २४ वर्षीय कैलाश धामी र बैतडी सुर्नया गाउपालिका-७ बस्ने २३ वर्षीय अबिनाश कुवँर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

, जिरा भवानी गाउंपालिका-१ बलुवा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट सहित ठोरी गाउँपालिका-५ बस्ने २३ वर्षीय विज्ञान बस्नेतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१७  छोरेपाटनबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४९ एम्पुल, फेनारगन १ सय ४७ एम्पुल, नुर्फिन १ सय ४७ एम्पुल सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१८ बस्ने ३१ वर्षीय सुदिप विक र सोही उपमहानगरपालिका-१२ माटेपानी बस्ने २२ वर्षीय राहुल मगर रहेका   छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनि गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३८ ट्याब्लेट सहित लमजुङ बेसीशहर नगरपालिका-११ बस्ने २६ वर्षीय बिवश तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको म.प्र.०३-००१ ख ८१६३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, कमल गाउँपालिका-५ मंगलबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट, स्पास्पेन ३ सय ट्याब्लेट र डाइक्लोमाइन ५ सय ट्याब्लेट सहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिष्णु राजबंशी, सोही गाउँपालिका-३ बस्ने २२ वर्षीय मौसम तामाङ, सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर, शिवसताक्षी नगरपालिका-११ बस्ने २१ वर्षीय रूस्तम बर्देवा, १९ वर्षीय रूचल मगर र सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले बिष्णुको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचारमा

जिरा भवानी गाउंपालिकानेपालशारदा नगरपालिकानेपालगन्ज उप-महानगरपालिका
तनहुँ32 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

    काठमाडौँ।सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ । मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो । गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ,

    Data is loading...

    Loading brands...

    Loading footer...