ओलीलक्षित प्रचण्डको टिप्पणी – संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०१, शनिबार

13
Share
Featured

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक—पटक विघटन गर्नेहरूले संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । शनिबार (कात्तिक १) पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान कार्यक्रममा उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलक्षित यस्तो टिप्पणी गरेका हुन् ।

उनले सरकारले तोेकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तने खतरा रहेको बताए । वर्तामान यथार्थलाई स्वीकार गरेर निर्वाचन सफल बनाउन लाग्न एमालेलाई उनले आग्रह गरे ।

घोषित समयमा निर्वाचन सफल गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको सबभन्दा उत्तम विकल्प रहेको उनकोभ भनाइ थियो । यसलाई भड्काउने कोसिस नगर्न उनले चेतावनी समेत दिए ।

प्रचण्डको भनाइ पढ्नोस्

हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनका कुरा गर्नुजस्तो हास्यास्पद कुरा अरू केही हुन सक्दैन । म ती साथीहरूलाई यस्तो वितण्डाको पछि नलाग्न र आजको यथार्थलाई स्वीकार गरेर यो निर्वाचन सफल पार्न आग्रह गर्न चाहन्छु । मैले यहाँ कुनै आवेग र आक्रोश व्यक्त गर्दै छैन, यथार्थ यही नै हो । नेकपा (एमाले)का साथीहरूलाई आजको यो यथार्थलाई स्वीकारेर निर्वाचन सफल पार्न आउनुहोस्, सबै मिलेर बृहत् सहकार्य गरौँ । यो नै देशको, संविधानको, लोकतन्त्रको रक्षाको अहिलेको सबभन्दा उत्तम विकल्प हो । यसलाई भाँड्ने दुचेष्टा कसैले नगरौँ । न्युज एजेन्सी नेपाल 

यो समाचारमा

काठमाडौँपुष्पकमल दाहालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...