मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो, तुइन खोला पुलनेरको पहिरो पन्छाइयो

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

11
Share
Featured
  • मुग्लिन–नारायणगढ सडकखण्डमा तुइन खोला पुल नजिक खसेको ठूलो पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
  • बिहान सानो पहिरो खसेर हटाइए पनि दिउँसो साढे १२ बजे पुनः ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
  • तीनवटा हेभी इक्विपमेन्ट प्रयोग गरी लामो प्रयासपछि सडक खुलाइएकाले रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ 

मुग्लिन–नारायणगढ सडकखण्डमा तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुलेको छ। केहीबेर अघि मात्रै सडक सञ्चालनमा आएको हो।

आज बिहान करिब ७ बजेतिर सोही स्थानमा सानो पहिरो खसेको थियो, जसलाई पन्छाएर बाटो खुलाइएको थियो। तर, दिउँसो साढे १२ बजेतिर पुनः ठूलो पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।

पहिरो पन्छाउनका लागि तीनवटा हेभी इक्विपमेन्ट प्रयोग गरिएको थियो। लामो प्रयासपछि पहिरो हटाई सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौँ।भक्तपुर नगरपालिका–१० छालिङमा एक युवकले आफ्नी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। शंखरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई छालिङमा भाडामा बस्दै आएका विदुर विश्वकर्माले ३३ वर्षीया श्रीमती सलिनाको हत्या गरेका हुन्।प्रहरीका अनुसार गएराति घरायसी विवादका क्रममा विदुरले खुकुरी प्रहार गर्दा सलिनाको मृत्यु भएको हो। सोही आक्रमणमा परी उनीहरूका आठ वर्षीय

    Data is loading...

    Loading brands...

    Loading footer...