एसिया कप टी–२०: भारतद्वारा ओमान २१ रनले पराजित

Author

सजिलो पत्रिका

२०८२ असोज ०४, शनिबार

6
Share
Featured
  • भारतले एसिया कप टी–२० मा ओमानलाई २१ रनले हराउँदै समूह ‘ए’ बाट अपराजित रहँदै सुपर–४ मा प्रवेश गर्‍यो।
  • १८९ रनको लक्ष्य पछ्याउँदा ओमानले २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनायो; आमिर कलिम (६४) र हमाद मिर्जा (५३) चम्किए।
  • समूह ‘ए’ बाट भारत र पाकिस्तान, समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश अघि बढे; आजदेखि सुपर–४ का खेल सुरु हुँदैछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत गएराति सम्पन्न अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ। यद्यपि, पराजित भए पनि ओमानले आफ्नो प्रदर्शनले सबैलाई प्रभावित पारेको छ।

जितका लागि १८९ रनको विशाल लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाउन सफल भयो। ओमानका लागि आमिर कलिमले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६४ रन बनाए भने हमाद मिर्जाले पनि ५३ रनको महत्त्वपूर्ण योगदान दिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेटको क्षतिमा १८८ रन बनाएको थियो। भारतका लागि सन्जु स्यामसनले सर्वाधिक ५६ रन जोडे।

खेलपछि भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवले ओमानले 'अविश्वसनीय क्रिकेट' खेलेको भन्दै प्रशंसा गरे।

यो जितसँगै समूह ‘ए’ मा भारत तीनै खेलमा अपराजित रहँदै सुपर–४ मा प्रवेश गरेको छ। यस समूहबाट पाकिस्तानले पनि सुपर–४ मा स्थान बनाएको छ।

त्यस्तै, समूह ‘बी’ बाट श्रीलंकाबंगलादेशले सुपर–४ मा स्थान सुरक्षित गरेका छन्। सुपर–४ का खेलहरू आजदेखि सुरु हुँदैछन्। आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। सुपर–४ मा सबै टोलीले एकअर्कासँग खेल्नेछन्।

यो समाचारमा

काठमाडौँओमानक्रिकेटभारत
श्रीलंका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    श्रीलंकालाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा

    काठमाडौँ।नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। भारतको गोवास्थित जवहारलाल नेहरु रंगशालामा आइतबार भएको खेलमा नेपालका लागि कप्तान रेनुका नगरकोटे र स्ट्राइकर रश्मीकुमारी घिसिङले समान एक–एक गोल गरे।खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई

    Data is loading...

    Loading brands...

    Loading footer...