प्रधानमन्त्री कार्कीलाई नारायणकाजी श्रेष्ठका ६ सुझाव

Author

सजिलो पत्रिका

२०८२ भदौ ३०, सोमबार

17
Share
Featured
  • नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमार्फत ६ बुँदे सुझाव दिएका छन्।
  • उनले दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त, स्वच्छ र क्षमतावान व्यक्तिलाई छिट्टै मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएका छन्।
  • श्रेष्ठले शान्ति–सुव्यवस्था कायम गर्न र निष्पक्ष निर्वाचनमा सम्पूर्ण ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदे महत्त्वपूर्ण सुझाव दिएका छन्। नेता श्रेष्ठले कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै फोन सम्पर्क गर्ने प्रयास गरे पनि सफल नभएपछि सामाजिक सञ्जालबाट सुझाव दिनुपरेको बताएका हुन् ।

प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले कार्कीलाई छिटो राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त र स्वच्छ एवं क्षमतावान व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन, सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुव्यवस्था स्थापना गर्न एवं निष्पक्ष निर्वाचन गर्न सुझाव दिएका छन् ।

हेर्नुहोस् नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई दिएका सुझाव

सम्माननीय प्रधानमन्त्रीज्यू ,

तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई ,शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ। तपाईंको फोन सम्पर्क हुन सकेन। तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन। मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु ।तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु।

एक, तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान ,देशभक्त , स्वच्छ एवं क्षमतावान व्यक्तिहरू मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस्।

दुई, तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस्।

तीन, भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरूमाथी कारवाही गर्नुस्।

चार, ध्वंस गरिएका संरचनाहरूको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस्।

पाँच, भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारवाहीहरूलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस्।

छ, प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस्।

सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईं लोकरिझ्याइँका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्। तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ। अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौँ। 



यो समाचारमा

सुशीला कार्कीनारायण काजी श्रेष्ठकाठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अण्डाको मूल्य पुनः वृद्धि

    काठमाडौँ।नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। सङ्घको बैठकले आजैदेखि लागू हुने गरी नयाँ दररेट तय गरेको हो, जसअनुसार एक्सएल (XL) अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ।नयाँ मूल्यसूची अनुसार ठूलो अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ, मध्यम ५१५ रुपैयाँ र सानो अण्डा प्रतिपेटी तीन हजार रुपैयाँ कायम

    Data is loading...

    Loading brands...

    Loading footer...