रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

Author

सजिलो पत्रिका

२०८२ जेठ ०९, शुक्रबार

15
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । 

बिहीबार  रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् ।

बिहीबार सरकारका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन्। सरकारी वकिलको बहस सकिएकाले आज पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् र त्यसपछि जवाफी बहस सुरु हुनेछ ।

बन्दी प्रत्यक्षीकरणको रिटको अन्तिम आदेश आज आउने सम्भावना रहेको अधिवक्ता प्रमोद न्यौपानेले जानकारी दिएका छन् ।  उनले भने,‘नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा निरन्तर सुनुवाई भईरहेको छ । आजसम्म प्रतिवादीका कानून व्यवसायीहरु वकिलले बहस गरे भने अब बाकी जाहेरवालाका तर्फबाट बहस गर्न बाकी छ र प्रतिउत्तर जवाफ दिएपछि सम्भवत आज बन्दी प्रत्यक्षीकरणको रिट र ७३ नम्वरको निवेदनको संयुक्तरुपमा सुनुवाई भएकाले आदेश आउने सम्भावना छ ।’

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मङ्गलवारदेखि सुनुवाइ जारी छ । 

यो समाचारमा

रवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री शाहको हाजिरी खोज्दै हर्क साम्पाङ

    काठमाडौँ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को उपस्थिति (हाजिरी) बारे प्रश्न उठाएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ४ लाई उद्धृत गर्दै साम्पाङले प्रधानमन्त्रीले बैठकमा हाजिरी जनाए/नजनाएको स्पष्ट पार्न माग गरेका हुन्।साम्पाङले भने, "प्रधानमन्त्रीज्यूले यहाँ आउँदा हाजिर गर्नुभएको छ कि छैन? यदि उहाँले हाजिर

    Data is loading...

    Loading brands...

    Loading footer...