सरकारले अध्यादेश जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठायो

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

10
Share
Featured

काठमाडौँ

सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ कुनै पनि परिमार्जन नगरी पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई ‘हुबहु’ रूपमा अघि बढाउने निर्णय गरेको हो।

यसअघि आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार गर्न आवश्यक रहेको भन्दै सरकारलाई फिर्ता पठाएका थिए। तर सरकारले राष्ट्रपतिको सुझावअनुसार कुनै परिवर्तन नगरी पुरानै मस्यौदा पुनः सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अध्यादेश पुनः पठाउने निर्णय भएको जानकारी दिँदै कुनै पनि संशोधन नगरिएको स्पष्ट पारे। उनका अनुसार, “पहिला जस्तै अवस्थामा रहेको अध्यादेश नै पुनः राष्ट्रपतिसमक्ष पठाइएको हो।”

मन्त्री पोखरेलले पत्रकारहरूको प्रश्नमा पनि अध्यादेशमा कुनै परिमार्जन नभएको र जस्ताको तस्तै पुनः सिफारिस गरिएको स्पष्ट पारेका छन्।

यो समाचारमा

काठमाडौँसस्मित पोखरेलरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...