रास्वपाले उम्मेदवार बन्न नयाँ शैक्षिक/प्रशिक्षण परीक्षा अनिवार्य गर्ने निर्णय

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

12
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियालाई कडाइ गर्दै नयाँ योग्यता प्रणाली लागू गर्ने भएको छ। अब पार्टीबाट उम्मेदवार बन्न चाहने सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ दुवै कार्यक्रम उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ।

आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। प्रवक्ता मनिष झाले जानकारी दिँदै उम्मेदवार बन्न इच्छुक सदस्यहरूले तोकिएको प्रशिक्षण र मूल्याङ्कन प्रक्रिया पूरा गर्न अनिवार्य हुने बताए।

उनका अनुसार ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ पास नगरेका सदस्यहरूलाई आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न अनुमति दिइने छैन। यसलाई पार्टीले नेतृत्व विकास र योग्य उम्मेदवार छनोटको आधार बनाउन खोजेको बताइएको छ।

यसअघि बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पनि सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिएको थियो। उक्त रूपरेखालाई पार्टीले आगामी निर्वाचन रणनीतिमा प्रयोग गर्ने तयारी गरेको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँमनिष झारवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...