त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन पदाधिकारीको राजीनामा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

11
Share
Featured

काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन जना पदाधिकारीले राजीनामा दिएका छन्। उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति बालेन्द्र शाह (बालेन)समक्ष राजीनामा पत्र बुझाएका हुन्।

रेक्टर खड्ग केसीका अनुसार उनीहरूले संयुक्त रूपमा पत्र लेखेर राजीनामा दिएका हुन्। सरकारले विश्वविद्यालयका पदाधिकारीलगायत राजनीतिक नियुक्ति पाएका अधिकारीहरूलाई हटाउने गरी अध्यादेश सिफारिस गरेको सन्दर्भमा पदमा बसिरहन उपयुक्त नदेखिएको भन्दै राजीनामा दिएको उनले बताए।

तीनै जना पदाधिकारी विगतका सरकारका पालामा नियुक्त भएका थिए। उपकुलपति दीपक अर्याल तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कार्यकालमा नियुक्त भएका हुन् भने रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजाल प्रचण्ड नेतृत्वको सरकारका पालामा नियुक्त भएका थिए।

यो समाचारमा

त्रिभुवन विश्वविद्यालयखड्गप्रसाद शर्मा ओलीकाठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    १४ कर्मचारीलाई ७ दिनभित्र जवाफ दिन आयोगको आदेश

    काठमाडौँ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रको अनियमितता र बेथिति छानबिनलाई तीव्र पार्दै १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीसँग स्पष्टीकरण मागेको छ। 'सहकारी बेथिति जाँचबुझ आयोग, २०८२' को प्रतिवेदनका आधारमा मन्त्रालयले सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।आयोगको प्रतिवेदनमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार

    Data is loading...

    Loading brands...

    Loading footer...