विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जनता समाजवादी पार्टी नेपालको माग

Author

सजिलो पत्रिका

२०८३ वैशाख १०, बिहिबार

10
Share
Featured

काठमाडौँ

सरकारले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन तथा सूचना उपलब्ध नगराउने निर्णयप्रति जनता समाजवादी पार्टी, नेपालले आपत्ति जनाएको छ। पार्टीले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै संघीय मन्त्रालय, आयोग, सचिवालयसहित प्रदेश र स्थानीय तहलाई सरकारी विज्ञापन र सूचना केवल सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको थियो। जसपा नेपालले यसलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमणको रूपमा व्याख्या गरेको छ।

पार्टीले विज्ञप्ति जारी गर्दै निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाएर नियन्त्रणमा राख्ने प्रयास भएको आरोप लगाएको छ। लोकतन्त्रको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यममाथि यस्तो निर्णय गर्नु अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको प्रत्यक्ष प्रहार भएको उसको भनाइ छ।

जसपाले हालको आर्थिक संकटका बीच निजी सञ्चारमाध्यमहरू थप प्रभावित हुने अवस्था आएको उल्लेख गर्दै यस्तो निर्णयले सञ्चारमाध्यम बन्द हुने र पत्रकारहरूको रोजगारी संकटमा पर्ने चेतावनी दिएको छ।

पार्टीले सरकारी कदमले प्रेस स्वतन्त्रता कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामाथि असर पार्ने भन्दै निर्णय फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ।



यो समाचारमा

जनता समाजवादी पार्टी, नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...