शुक्लाफाँटा आरक्ष पीडितको अर्धनग्न प्रदर्शन, ५ बुँदे माग अघि सार्दै सरकारलाई चेतावनी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

17
Share
Featured

काठमाडौँ

शुक्लाफाँटा आरक्ष पीडित जिल्ला संघर्ष समितिले आफ्ना ५ बुँदे माग पूरा गर्न सरकारलाई दबाब दिँदै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य गेट अगाडि अर्धनग्न प्रदर्शन गरेको छ।

विगत २४ वर्षदेखि पुनर्स्थापनाको प्रतीक्षामा रहेका पीडितहरूले सरकारले आफ्ना समस्या बेवास्ता गरेको आरोप लगाउँदै विरोधस्वरूप शरीरको माथिल्लो भागको कपडा खोलेर प्रदर्शन गरेका हुन्।

संघर्ष समितिले प्रत्येक पीडित परिवारलाई कम्तीमा १० कट्ठा जमिन उपलब्ध गराउनुपर्ने, साथै विगत २४ वर्षदेखिको उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने मुख्य माग अघि सारेको छ।

त्यस्तै, आफूहरूलाई द्वन्द्व पीडितका रूपमा मान्यता दिनुपर्ने, आरक्ष पीडितहरूको पहिचानका लागि छुट्टै वडा गठन गर्नुपर्ने र शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने माग पनि राखिएको छ।

पीडितहरूले लामो समयसम्म पनि राज्यबाट उचित मुआब्जा र पुनर्स्थापना नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ग्रामीण अर्थतन्त्रको पुनर्जीवन सरकारको प्राथमिकता- कृषिमन्त्री चौधरी

     काठमाडौँ ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्। शुक्रवार शीतल निवासमा आयोजित 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार' कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई जीविकोपार्जनको माध्यमबाट माथि उठाएर सम्मानित, व्यावसायिक र आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्।उनले सीमित स्रोत र साधनका बाबजुद सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...