परराष्ट्र मन्त्रालयले गर्‍यो राजदूत भेट र मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे ब्रिफिङ

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

14
Share
Featured

काठमाडौँ

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग गरेको सामूहिक भेटवार्ता फलदायी भएको जनाएको छ।

मन्त्रालयका अनुसार उक्त भेटवार्ता चैत २५ गते सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रममा भारत, पाकिस्तान, चीन, संयुक्त राज्य अमेरिका, जापान, युनाइटेड किंगडम, फ्रान्स, जर्मनी, कतार, इजरायल, बंगलादेशगायत विभिन्न देशका राजदूत तथा नियोग प्रमुखहरू सहभागी भएका थिए। साथै संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको समेत उपस्थिति रहेको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार राजदूतहरूले नयाँ सरकारलाई नेपाली जनताको हितमा नतिजामूलक काम गर्न पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाली श्रमिक तथा विदेशमा रहेका नेपाली समुदायको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका थिए। साथै सुशासन, आर्थिक विकास र नागरिकको जीवनस्तर सुधार सरकारको मुख्य लक्ष्य रहेको पनि उनले उल्लेख गरेका थिए।

त्यसैगरी, परराष्ट्र मन्त्रालयले नवनियुक्त मन्त्रीहरूका लागि कूटनीतिक आचारसंहिता तथा नेपालको परराष्ट्र सम्बन्धका प्राथमिकताबारे जानकारी दिन ब्रिफिङ कार्यक्रम आयोजना गरेको छ।

उक्त कार्यक्रममा विदेशी सरकार तथा कूटनीतिक नियोगसँग हुने भेटवार्तामा अपनाइने शिष्टाचार र आचारसंहिताबारे परराष्ट्र सचिव अमृतबहादुर राईले विस्तृत प्रस्तुति दिएका थिए।

यो समाचारमा

पाकिस्तानचीनभारतपरराष्ट्र मन्त्रालय
काठमाडौँ14 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सूचना प्रविधिमा सरकारको जोडप्रति आइटी सर्भिसेस कम्पनीको स्वागत

    काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीले सूचना प्रविधि क्षेत्र तर्फ  सरकारले लिएका सकारात्मक नीतिगत कदमहरूको  स्वागत गरेको छ । आर्थिक वर्ष २०८३ ८४ को बजेटमार्फत प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने बिस्वास गरीएको छ । नेपालको आइटी निर्यात वृद्धि, विदेशी मुद्रा आर्जन, उच्च

    Data is loading...

    Loading brands...

    Loading footer...