प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

14
Share
Featured

काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न पाउने गरी सहज नियम बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्राकृतिक स्रोतसाधनको सरंक्षण गर्दै मुलुक समृद्धिमा यसको सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

जनचाहनाबमोजिम मुलुकमा सुशासन कायम गरी भ्रष्टचार अन्त्य गर्न सबै लाग्नुपर्ने बताउँदै अध्यक्ष राईले सार्वभौमसत्ता र स्वाभिमानमा प्रतिकुल असर पार्ने कुनै पनि सन्धि सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिमाना रक्षाका लागि नेपाली सेना खटाउनुपर्ने, प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने र त्यसमा आफ्नो पार्टीको साथ रहने उहाँको भनाइ थियो । 

अध्यक्ष राईले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्न सबै राजनीतिककर्मी र सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्न, शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने, एक पालिकामा एक उद्योग, एक घर–एक रोजगारी, बन्द भएका उद्योग सञ्चालन गर्नुपर्ने र नयाँ उद्योग खोल्नुपर्ने माग गर्नुभयो । 

अध्यक्ष राईले वर्तमान सरकारलाई शान्ति सुरक्षाका साथै शिक्षा, स्वास्थ्य, खानेपानीलगायत जनताका आवश्यकताका क्षेत्रमा प्रभावकारी काम गर्न ध्यानाकर्षण गराउनुभयो । विद्यार्थी सङ्गठन खारेजी, ज्येष्ठ नागरिकलाई दिइदै आएको वृद्ध भत्ता वितरणमा नयाँ मापदण्डलगायत सरकारले अघि सारेका विषयमा पुनर्विचार गर्नुपर्ने सुझाव दिँदै घरबारविहीन नागरिकलाई विस्थापन होइन, व्यवस्थापन गर्नुपर्ने उहाँको माग थियो । 

यो समाचारमा

हर्कराज साम्पाङ राईकाठमाडौँश्रम संस्कृति पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वातावरण संरक्षणमा सबैको साझा प्रयास आवश्यक- मुख्यमन्त्री कार्की

    काठमाडौँ।विश्व वातावरण दिवस (जुन ५) को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण प्रदेशमा देखिएकागम्भीर चुनौतीप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेशले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरे।मुख्यमन्त्री कार्कीले हिउँ पग्लने दर बढ्नु, हिमताल विस्फोटको जोखिम,

    Data is loading...

    Loading brands...

    Loading footer...