प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति रवि लामिछानेको सम्बोधन हुने

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

11
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। दिउँसो २ बजे बस्ने बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

रास्वपाको संसदीय दलका नेता प्रधानमन्त्री बालेन शाह भए पनि प्रतिनिधिसभाको पहिलो बैठकमा भने सभापति लामिछानेले नै सम्बोधन गर्ने निर्णय गरिएको हो। बैठकको पहिलो दिन दलको धारणा प्रस्तुत गर्न पार्टीले सभापतिलाई अघि सारेको बताइएको छ।

संसद सचिवालयले बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेगरी कार्यतालिका तयार गरेको छ। प्रतिनिधिसभामा रास्वपा सबैभन्दा ठूलो दल रहेकाले पनि पार्टीको प्रस्तुति चासोका साथ हेरिएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...