इन्धन महँगिएसँगै हवाई भाडा वृद्धि, अब ३३ सयभन्दा कममा उडान नहुने

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

16
Share
Featured

काठमाडौँ

हवाई इन्धनको मूल्यवृद्धिसँगै नेपालमा आन्तरिक हवाई भाडा महँगिएको छ। नेपाल वायुसेवा सञ्चालक संघले बुधबार इन्धन सरचार्ज समायोजन गर्दै नयाँ भाडादर लागू गरेको हो, जसअनुसार अब ३३ सय रुपैयाँभन्दा कममा जहाज यात्रा गर्न नपाइने भएको छ।

नयाँ व्यवस्थाअनुसार विभिन्न गन्तव्यमा फ्युल सरचार्ज १ हजार ६०० रुपैयाँदेखि ५ हजार ४८० रुपैयाँसम्म बढाइएको छ। काठमाडौं–धनगढी रुटमा सबैभन्दा बढी ५ हजार ४८० रुपैयाँ सरचार्ज थपिएको छ। त्यस्तै, काठमाडौं–सुर्खेतमा ४ हजार २८५ रुपैयाँ, नेपालगञ्जमा ४ हजार ४५ रुपैयाँ, भद्रपुरमा ३ हजार ७२५ रुपैयाँ र भैरहवामा २ हजार ५५५ रुपैयाँ सरचार्ज कायम गरिएको छ।

यसैगरी, काठमाडौं–विराटनगरका लागि २ हजार ९८० रुपैयाँ, पोखराका लागि १ हजार ९७० रुपैयाँ र जनकपुरका लागि १ हजार ६०० रुपैयाँ फ्युल सरचार्ज निर्धारण गरिएको छ। इन्धनको मूल्यमा आएको वृद्धि अनुसार यो समायोजन गरिएको संघले जनाएको छ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट सञ्चालन हुने ट्रंक रुटमा अब न्यूनतम भाडा ३ हजार ३४४ रुपैयाँदेखि सुरु हुने भएको छ भने अधिकतम भाडा २३ हजार ५९ रुपैयाँसम्म पुग्नेछ। काठमाडौं–सिमरा रुटमा सबैभन्दा कम र काठमाडौं–धनगढी रुटमा सबैभन्दा बढी भाडा निर्धारण गरिएको छ।

इन्धनको मूल्य निरन्तर बढिरहँदा हवाई यात्रा महँगिँदै जाने संकेत देखिएको छ, जसले यात्रुहरूको खर्चमा थप भार पर्ने निश्चित देखिन्छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...