शेख हसिनाको पहिलो सावर्जनिक सम्बोधनः ‘युनुस शासनले बंगलादेशलाई आतंकको युगमा धकेल्यो’

Author

सजिलो पत्रिका

२०८२ माघ १०, शनिबार

16
Share
Featured
  • पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेश आतंक, हिंसा र अराजकतामा फसेको दाबी गर्दै युनुस नेतृत्वको अन्तरिम सरकारलाई अवैध र फासिवादी भनेकी छन्।
  • देशमा मानवअधिकार उल्लङ्घन, प्रेस स्वतन्त्रताको अन्त्य र अल्पसंख्यक, महिला तथा बालिकामाथि अत्याचार बढेको आरोप उनले लगाइन्।
  • लोकतन्त्र पुनःस्थापना गर्न पाँच बुँदे योजना प्रस्तुत गर्दै अवैध सरकार हटाउन र संयुक्त राष्ट्रसंघलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाले आफ्नो पहिलो सावर्जनिक सम्बोधनमा बंगलादेश आतंकको युगमा धकेलिएको बताएकी छन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसमाथि कडा प्रहार गर्दै उनले बंगलादेश “आतंकको युगमा प्रवेश गरेको” दाबी गरेकी हुन् । नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा पूर्वरेकर्ड गरिएको अडियो सन्देशमार्फत बोल्दै हसिनाले युनुस नेतृत्वको अन्तरिम सरकारलाई “अवैध, हिंस्रक र फासिवादी शासन” को संज्ञा दिँदै जनतालाई उक्त शासनविरुद्ध उभिन आह्वान गरिन् ।

उनले देशको भूमि र प्राकृतिक स्रोत विदेशी स्वार्थका लागि साट्ने षड्यन्त्र भइरहेको समेत आरोप लगाएकी छन् ।
गत वर्ष अगस्ट २०२४ मा हिंसात्मक आन्दोलनपछि भारत आएकी हसिनाको यो भारतमा पहिलो सार्वजनिक सम्बोधन हो । उनले भनिन,“आज बंगलादेश खाडलको छेउमा उभिएको छ । मुक्ति संग्रामबाट प्राप्त हाम्रो मातृभूमि चरमपन्थी साम्प्रदायिक शक्तिहरू र विदेशी हस्तक्षेपका कारण रक्तरञ्जित बनेको छ ।”

हसिनाले देशभर हिंसा, लुटपाट, जबर्जस्ती असुली, महिला तथा बालिकामाथि यौनहिंसा बढेको, प्रेस स्वतन्त्रता समाप्त भएको र धार्मिक अल्पसंख्यकमाथि अत्याचार भइरहेको आरोप लगाइन्। “सम्पूर्ण देश जेलखाना जस्तै बनेको छ, लोकतन्त्र निर्वासनमा गएको छ,” उनको भनाइ थियो । उनले अगस्ट ५, २०२४ मा आफूलाई योजनाबद्ध षड्यन्त्रमार्फत सत्ताबाट हटाइएको दाबी गर्दै त्यसपछि देश अराजकतामा फसेको बताइन् । उनका अनुसार शिक्षा संस्था अव्यवस्थित छन् र न्याय प्रणाली जनताका लागि भयावह बनेको छ । आवामी लिगकी नेतृ हसिनाले युनुस सरकारले बंगलादेशलाई बहुराष्ट्रिय द्वन्द्वतर्फ धकेलिरहेको आरोप पनि लगाइन् । उनले लोकतान्त्रिक, प्रगतिशील र धर्मनिरपेक्ष शक्तिहरूलाई एकजुट हुन आह्वान गरिन् ।

हसिनाले देश पुनर्निर्माणका लागि पाँच बुँदे योजना प्रस्तुत गर्दै सबैभन्दा पहिले “अवैध युनुस प्रशासन हटाएर लोकतन्त्र पुनःस्थापना गर्नुपर्ने” बताइन् । साथै, हिंसा अन्त्य, धार्मिक अल्पसंख्यक तथा महिला–बालिकाको सुरक्षा, राजनीतिक प्रतिशोधका मुद्दा अन्त्य र न्यायपालिकाको निष्पक्षता पुनःस्थापना गर्नुपर्नेमा जोड दिइन् ।

उनले संयुक्त राष्ट्रसंघलाई पछिल्लो एक वर्षका घटनाबारे निष्पक्ष अनुसन्धान गर्न आग्रह गर्दै भनिन, “सत्यको शुद्धीकरण बिना मेलमिलाप र भविष्य सम्भव छैन ।” बंगलादेशमा फेब्रुअरी १२ मा राष्ट्रिय निर्वाचन तय भएको छ भने शेख हसिनाको दल आवामी लिगका गतिविधि प्रतिबन्धित गरिएको छ र दलको दर्ता निलम्बनमा छ ।

यो समाचारमा

बंगलादेशकाठमाडौँशेख हसीना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरानविरुद्धको सैन्य अधिकार कटौती गर्न अमेरिकी तल्लो सदनमा प्रस्ताव पारित

    काठमाडौँ।अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति डोनाल्ड जोन ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यले एक महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ। इरानसँग जारी युद्धप्रति असन्तुष्टि जनाउँदै चार जना रिपब्लिकन सांसदले डेमोक्र्याटहरूलाई साथ दिएपछि यो प्रस्ताव २१५/२०८ मतले पारित भएको हो।यो प्रस्तावले इरानविरुद्धको सैन्य अभियानका लागि अमेरिकी संविधानअनुसार कंग्रेसको

    Data is loading...

    Loading brands...

    Loading footer...