आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ माघ १०, शनिबार

20
Share
Featured
  • हरेक वर्ष जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाइन्छ, जसले शिक्षा आधारभूत मानव अधिकार, सार्वजनिक हित र साझा दायित्व भएको सन्देश दिन्छ।
  • शान्ति, दिगो विकास, समावेशी समाज, लैङ्गिक समानता र गरिबी न्यूनीकरणका लागि सबैका लागि समतामूलक र गुणस्तरीय शिक्षाको आवश्यकतामा जोड दिइन्छ।
  • यस वर्षको नारा ‘शिक्षाको सह–निर्माणमा युवाको शक्ति’ ले शिक्षामा युवाको सक्रिय, सिर्जनशील र रचनात्मक सहभागितालाई केन्द्रमा राख्दै वैश्विक सहकार्य सुदृढ गर्न आह्वान गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज विश्वभर अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाइँदैछ । हरेक वर्ष जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाउने गरिन्छ ।

शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्वसमेत भएको सन्देश फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको महासभाले यस दिवसको घोषणा गरेको हो।

शान्ति, दिगो विकास र समावेशी समाज निर्माणमा शिक्षाको भूमिकालाई केन्द्रमा राख्दै मनाइने यस दिवसले सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिन्छ ।

शिक्षा सबै नागरिकसम्म नपुगुन्जेल लैङ्गिक समानता हासिल गर्न र गरिबीको चक्र तोड्न कठिन हुने संयुक्त राष्ट्रको निष्कर्ष छ ।

यस वर्ष अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा ‘शिक्षाको सह–निर्माणमा युवाको शक्ति’ रहेको छ ।

यस नाराले शिक्षालाई केवल सरकार वा शिक्षण संस्थाको जिम्मेवारीका रूपमा मात्र नभई युवाको सक्रिय, सिर्जनशील र रचनात्मक सहभागिताबाट विकास हुने साझा प्रक्रियाका रूपमा व्याख्या गरेको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् २०२० को सेप्टेम्बरमा आयोजना गरेको रूपान्तरणकारी शिक्षा शिखर सम्मेलनले अघि सारेका प्रतिबद्धताहरूलाई कार्यान्वयनमा लैजान यस वर्ष पनि विश्वभर राजनीतिक प्रतिबद्धता र सहकार्य सुदृढ गर्न आह्वान गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुशासन कायममा प्रधानन्यायाधीश डा. शर्माको प्रतिबद्दता ,गुणस्तर तथा प्रभावकारीतामा बिशेष जोड ।

    काठमाडौं ।  प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायिक क्षेत्रमा सुशासन कायम गर्दै सुधार गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूसँग आज भएको भेटमा प्रधानन्यायाधीश शर्माले न्यायपालिकालाई सुधार गर्दै न्याय प्रणालीप्रति जनताको विश्वास बढाउन सबै सरोकारवालासँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो। देशको सर्वोच्च अदालतको प्रमुखको रूपमा भर्खरै जिम्मेवारी

    Data is loading...

    Loading brands...

    Loading footer...