नयाँ कांग्रेसको हातमा पुग्यो फेसबुक पेज, वेबसाइट अझै अपडेट भएन

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

25
Share
Featured
  • नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजको व्यवस्थापन नयाँ निर्वाचित केन्द्रीय समितिको हातमा पुगेको संकेत देखिएको छ।
  • विशेष महाधिवेशनपछि पहिलोपटक नयाँ केन्द्रीय समितिको औपचारिक बैठक पार्टी कार्यालयमै बस्दैछ, जसले पार्टी एकतर्फ उन्मुख भएको सन्देश दिएको छ।
  • यद्यपि, पार्टीको आधिकारिक वेबसाइट अझै अद्यावधिक हुन सकेको छैन र विशेष महाधिवेशनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको अन्तिम आदेशको प्रतीक्षामा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको आधिकारिक फेसबुक पेजको व्यवस्थापन अन्ततः पार्टी नयाँ निर्वाचित समितिको हातमा आएको छ ।
शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकसम्बन्धी आधिकारिक सूचना कांग्रेसकै फेसबुक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालको नियन्त्रणसमेत नेतृत्व परिवर्तनसँगै सरेको संकेत देखिएको छ ।

विशेष महाधिवेशनपछि पार्टीका विभिन्न गतिविधि भए पनि कांग्रेसको आधिकारिक फेसबुक पेज लामो समय देउवा समूहको प्रभावमा रहेको आरोप लाग्दै आएको थियो । सो पेजबाट प्रायः शेर बहादुर देउवा समूहका गतिविधि र सूचनामात्र प्रकाशित हुने गरेको भन्दै आलोचना पनि हुँदै आएको थियो ।

पार्टी सभापति गगन थापा शुक्रबार (माघ ९)देखि केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्ने भएपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिइसकेका छन् । पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।

विहीबार भने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वानसम्बन्धी सूचना पार्टी सचिव प्रकाश शर्माद्वारा कांग्रेसको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो ।सूचनाअनुसार केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको यो पहिलोपटक पार्टी कार्यालयमा बस्ने औपचारिक बैठक हो ।

यसअघि विवादका कारण कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणलगायतका निर्णय पार्टी कार्यालयबाहिरैबाट गर्दै आएको थियो । पार्टी फुटको संघारमा पुगेको भन्दै आलोचना भइरहेका बेला पछिल्लो गतिविधिले कांग्रेस क्रमशः एकताबद्ध हुन खोजिरहेको संकेत देखिएको नेताहरू बताउँछन् ।

विहीबार मात्रै मोरङको सुन्दरहरैंचामा आयोजित कार्यक्रममा नेता डॉ. शेखर कोईरालाले कांग्रेस एकताबद्ध भएर अगाडि बढिरहेको दाबी गरेका थिए । विशेष महाधिवेशनलाई स्वीकार गरिसकेका कोइराला निर्वाचनमा पनि सबै एक भएर जानुपर्ने पक्षमा दृढ देखिएका छन् ।

वेबसाइट अझै पुरानै अवस्थामा

यद्यपि, कांग्रेसको आधिकारिक वेबसाइट भने अझै अद्यावधिक हुन सकेको छैन । वेबसाइटमा हाल पनि सभापति शेर बहादुर देउबा, कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र उपसभापति धनराज गुरुङको नाम राखिएको छ । दुई महामन्त्री र सहमहामन्त्रीको एक पद रिक्त देखाइएको छ ।
पौष ३० गते संस्थापन भनिएको समूहले गगन थापा, विश्वप्रकाश शर्मा र फमुल्लाह मन्सुरमाथि गरेको कारबाहीपछि उनीहरूको नाम वेबसाइटबाट हटाइएको थियो ।

अदालतको आदेशको प्रतीक्षा

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई मान्यता दिएपछि देउवा–शेखर समूह सर्वोच्च अदालत पुगेको थियो । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अदालतको अन्तिम आदेशको प्रतीक्षामा कांग्रेसका नेताहरू पुगेका छन् ।

यसैबीच, देउवा–शेखर समूहले गगन थापाकै हस्ताक्षर भएको प्रतिनिधिसभा निर्वाचनको टिकट लिएको घटनालाई कांग्रेसभित्र एकताको सन्देशका रूपमा हेरिएको देखिन्छ ।

यो समाचारमा

पूर्ण बहादुर खड्काडॉ. शेखर कोईरालागगन थापासर्वोच्च अदालत
विश्वप्रकाश शर्मा11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...