फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

24
Share
Featured
  • निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ र सो अवधिमा आचारसंहिता पालना गर्न दल तथा उम्मेदवारलाई आग्रह गरेको छ।
  • निर्वाचन चिह्न पाएपछि घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न पाइने भए पनि ठूला आमसभा, गोष्ठी र सेमिनारजस्ता दलगत गतिविधि गर्न नपाइने स्पष्ट गरिएको छ।
  • उम्मेदवार बनेका प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त हुने र ती रिक्त स्थानमा फागुन २१ गतेपछि निर्वाचन हुने आयोगले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार तोकिएको अवधिभित्र आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिएको छ ।

मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले मनोनयनपत्र दाखिल गरेपछि प्रचार गर्न नपाइने भन्ने भ्रम चिर्दै निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न र रायसुझाव लिन पाइने स्पष्ट पारे।

तर उनले ठूला आमसभा, गोष्ठी, सेमिनारजस्ता गतिविधि दलगत रूपमा गर्न नपाइने बताए। ‘निर्वाचन आचारसंहिता लागू भइसकेको छ। आयोगले आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी आएमा छानबिन गरी आवश्यक निर्णय लिने अधिकार राख्छ,’ उनले भने।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त हुने स्पष्ट गर्दै ती रिक्त स्थानमा फागुन २१ गतेपछि निर्वाचन गरिने जानकारी पनि दिए।

निर्वाचन आयोगले निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सुनिश्चित गर्न सबै पक्षको जिम्मेवार भूमिका अपरिहार्य रहेको जनाएको छ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...