बागमतीमा ‘इलेक्ट्रिक करेन्ट’ जलचरमा असर

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

87
Share
Featured
  • रौतहटको चन्द्रपुर–नूनथर क्षेत्र आसपास बग्ने बागमती नदीमा प्रतिबन्धित विद्युतीय करेन्ट प्रयोग गरी माछा मार्ने गतिविधि खुलेआम बढ्दै गएको स्थानीयको गुनासो।
  • करेन्टको प्रयोगले माछासँगै भ्यागुता, कछुवा, गँगटा, घोंघा लगायत सम्पूर्ण जलचर नष्ट हुँदै जैविक विविधता र प्राकृतिक प्रजनन प्रक्रियामा गम्भीर असर।
  • कानुनी रूपमा निषेधित भए पनि प्रशासन र सुरक्षा निकायको निष्क्रियताप्रति आक्रोश, नदी संरक्षणका लागि तत्काल अनुगमन, सहकार्य र कडा कारबाहीको माग।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहटको चन्द्रपुर नगरपालिकास्थित पर्यटकीय क्षेत्र नूनथर आसपास भएर बग्ने बागमती नदीमा प्रतिबन्धित विद्युतीय तार (करेन्ट) प्रयोग गरी माछा मार्ने कार्य बढेको छ, जसका कारण यहाँको सम्पूर्ण जलचर प्रणाली नै सखाप हुने अवस्थामा पुगेको छ । स्थानीय बासिन्दाले प्रशासन र सम्बन्धित निकाय अनुगमन तथा कारबाहीका लागि निष्क्रिय बसेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नदीमा लुकीछिपी मात्र होइन, दिउँसै खुल्ला रूपमा पिठ्युँमा ब्याट्री बोकेर करेन्ट प्रवाह गरी माछा मारिने गरेको स्थानीयले बताएका छन्। स्थानीय विरमान वाइवाका अनुसार, ‘हामीले दैनिक जसो मानिसहरूलाई ब्याट्री बोकेर नदीमा पसेको देख्छौँ, तर सम्बन्धित निकायले अनुगमन र कारबाही गर्न चासो देखाएको छैन ।’

करेन्टको प्रयोगले माछा मात्र नभई नदीको स्वच्छता कायम राख्ने भ्यागुता, कछुवा, गँगटा, घोंघा र स–साना जलकिराहरू समेत मर्ने गरेका छन् । यसले गर्दा ठूला र साना सबै प्रकारका माछाहरू एकैपटक मर्ने, प्राकृतिक प्रजनन प्रक्रिया अवरुद्ध हुने र भविष्यमा माछाका विभिन्न प्रजाति नै लोप हुने खतरा बढेको छ । करेन्टको प्रभावले माछाका भाले–पोथी, भुरा र अण्डासमेत नष्ट हुने गरेको वाइवाले बताए ।

बागमती गाउँका अगुवा कमानसिंह लामाले यस कार्यले नदीको पानीको गुणस्तरमा समेत गिरावट आउन थालेकोमा चिन्ता व्यक्त गरे । ‘यो क्रम नरोकिए भोलिका पुस्ताले बागमतीमा माछा देख्न पनि नपाउने स्थिति आउनेछ ।’ उनले भने ।

केही व्यक्तिको क्षणिक लाभका कारण समुदायको दीर्घकालीन जीविकोपार्जनमा समेत गम्भीर असर पर्ने देखिएको छ ।

‘जलचर संरक्षण ऐन २०१७’ (संशोधन सहित) र अन्य प्रचलित कानूनी प्रावधानहरूले करेन्ट, विषादी वा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न निषेध गरेको छ र यस्तो कार्य गर्नेलाई कानूनी कारबाहीको व्यवस्था पनि छ । तर, बागमती नदीमा भइरहेको यो विनाश रोक्न सुरक्षा निकाय र स्थानीय प्रशासनले चासो नदिएको आरोप स्थानीयको छ ।

नदीको जैविक विविधता जोगाउन र जलचरको अस्तित्व बचाउन स्थानीय तह, सुरक्षा निकाय र स्थानीय समुदायबीच तत्काल सहकार्य र कडा कानूनी कार्यान्वयनको आवश्यकता देखिएको छ ।

यो समाचारमा

चन्द्रपुर नगरपालिकाबागमती नदीकाठमाडौँरौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपालमा पर्यटकको घुंईचो, गत बर्षभन्दा १९ प्रतिशतले बृद्दि ।

    काठमाडौं ।  सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मे महिनामा एक लाख दुई हजार ६ सय २६ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो।बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...