कल्पना बस्नेतको नेतृत्वमा अपाङ्गता भएका बालबालिकाको भविष्य निर्माण

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

39
Share1
Featured
  • कल्पना बस्नेतले २० वर्षदेखि अपाङ्गता र विकाससम्बन्धी चुनौती भएका बालबालिकालाई प्रारम्भिक हस्तक्षेप र थेरापी मार्फत आत्मनिर्भर बनाउने काम गर्दै आएकी छन्।
  • अर्ली इन्टरभेन्सन सेन्टरमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई थेरापी सेवा, डे–केयर, मन्टेश्वरी र स्कुल तयारी प्रदान गरिन्छ; आवश्यकता अनुसार ७–८ वर्षसम्मका बालबालिकालाई पनि सेवा दिइन्छ।
  • सेन्टरले अभिभावक, शिक्षक र विशेषज्ञलाई तालिम दिँदै बालबालिकाको व्यवहार संकेत बुझ्ने क्षमता विकास गराइरहेको छ; समावेशी शिक्षा र व्यावहारिक सीपमार्फत बालबालिकाको भविष्य सुधार्ने काम उदाहरणीय बनेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अपाङ्गता तथा विकाससम्बन्धी समस्या भएका बालबालिकालाई सानै उमेरदेखि पहिचान गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित बाल भौतिक चिकित्सक कल्पना बस्नेतले विगत २० वर्षदेखि निरन्तर काम गर्दै आएकी छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २०, रामघाटमा अवस्थित अर्ली इन्टरभेन्सन सेन्टरमार्फत उनले प्रारम्भिक हस्तक्षेप लाई उपचारको मूल आधार बनाएकी छन् ।

यो सेन्टरमा छ सात महिनाको शिशुदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरी थेरापी सेवा दिइन्छ । बच्चाको अवस्था, कमजोरी र आवश्यकताको विस्तृत मूल्याङ्कन पछि लक्ष्य निर्धारण गरेर थेरापी सुरु गरिन्छ । बोल्न गाह्रो हुने, सेन्सरी इस्यु, व्यवहारगत समस्या देखिने बालबालिकाले यहाँ नियमित रूपमा एक घण्टाको थेरापी लिन्छन् ।

मन्टेश्वरी र विद्यालय जीवनका लागि तयारी सेन्टरअन्तर्गत सानो डे केयर पनि सञ्चालनमा छ, जहाँ बालबालिकालाई मन्टेश्वरी तथा विद्यालय जीवनका लागि तयार पारिन्छ ।

‘बच्चाले शौचालय प्रयोग गर्न जान्ने, खानपिन, सरसफाइ र उमेर अनुसारको बौद्धिक क्रियाकलाप गर्न सक्ने भएपछि स्कुलमा घुलमिल हुन सजिलो हुन्छ,’ बस्नेत भन्छिन् ।

पाँच वर्षसम्म थेरापी मुख्य लक्ष्य भएपनि आवश्यकता अनुसार ७–८ वर्षसम्मका बालबालिकालाई पनि सेवा दिइन्छ । मेनस्ट्रिम स्कुल जान कठिन हुने अवस्थामा विशेष शिक्षा सिफारिस गरिन्छ । चापागाउँस्थित विशेष विद्यालय तथा होस्टेल सुविधाबाट देशभरका बालबालिकाले लाभ लिइरहेका छन् ।

टाढा–टाढाबाट अभिभावक भरोसा मानेर यहाँ सम्म आईपुग्छन् । मुगु, सोलुखुम्बु, प्यूठान, झापा, धनगढी लगायतका जिल्लाबाट अभिभावकहरू आफ्ना बालबालिका लिएर यहाँ आउने गरेका छन् । कतिपय अभिभावक एक–दुई वर्ष चापागाउँमै बस्दै बच्चाको थेरापी गराउने गरेका छन् ।
बस्नेतका अनुसार हालसम्म धेरै अटिजम र सेरेब्रल पाल्सी भएका बालबालिका यहाँको थेरापीपछि सफलतापूर्वक अन्य विद्यालयमा समावेश भएका छन् । केही बालबालिका अहिले कक्षा ८ मा अध्ययनरत छन् भने केही एसईई दिने तयारीमा छन् ।

अहिले सेन्सरी इन्टिग्रेशन तालिमको प्रभाव राम्रो परेको छ । सेन्टरले पाँच दिने सेन्सरी इन्टिग्रेशन तालिम पनि सञ्चालन गर्दै आएको छ । तालिममा अभिभावक, शिक्षक, मनोवैज्ञानिक तथा संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुन्छन् । तालिमको उद्देश्य बच्चाको व्यवहारलाई समस्या होइन, आवश्यकताको संकेतका रूपमा बुझ्ने क्षमता विकास गर्नु हो ।

तालिममा सहभागी शिक्षिका कमला केसी भन्छिन्,‘मैले सात वर्षदेखि विशेष आवश्यकता भएका बालबालिकासँग काम गरे पनि यहाँ आएपछि बच्चाको व्यवहार बुझ्ने दृष्टिकोण नै बदलियो । तालिम अत्यन्त व्यवहारिक छ ।’ समस्या होइन, संकेत बुझ्ने दृष्टिकोण हो । त्यस्तै मनोवैज्ञानिक लक्ष्मी लुईटेलका अनुसार,‘सेन्सरी निड भनेको के हो भन्ने कुरा प्रष्ट नहुँदा धेरै व्यवहारलाई गलत रूपमा बुझ्ने गरिन्छ । यहाँ आएपछि ह्यान्ड फ्लिपिङ जस्ता व्यवहार वास्तवमा बच्चाको आवश्यकताको संकेत रहेछ भन्ने कुरा बुझ्न पाइयो ।’

समाजप्रतिको जिम्मेवारी बारे चितवनबाट तालिम लिन आएका पूर्णचन्द्र भट्टराई भन्छन्,‘अटिजमको उपचार औषधिबाट सम्भव नभएकाले थेरापी नै मुख्य उपाय हो । यस्तो तालिम अभिभावक र विद्यालय दुवैका लागि अत्यन्त आवश्यक छ । यो व्यवसायभन्दा पनि समाजप्रतिको दायित्व हो ।’

त्यस्तै चापागाउँस्थित केन्द्रमा ५ देखि १८ वर्षसम्मका बालबालिकालाई शिक्षा तथा व्यावहारिक सीप प्रदान गरिन्छ । १८ वर्षपछि इलम र रोजगारीमा जोड दिइन्छ । हाल नौ जना युवाहरू रोजगारीमा संलग्न रहेको कल्पना बस्नेतले बताइन । हाल दुबै केन्द्रमा ४५ जना कर्मचारी कार्यरत छन् । उनीहरूलाई नियमित तालिम पनि दिइन्छ ।

‘सानैदेखि थेरापी र सही मार्गदर्शन पाएमा बच्चाले भोलि अपाङ्गताको छाप नै नबोक्न सक्छ,’ बस्नेत भन्छिन् । प्रारम्भिक हस्तक्षेप, अभिभावक सशक्तिकरण, तालिम र समावेशी शिक्षामार्फत कल्पना बस्नेतको नेतृत्वमा सञ्चालित यो अर्ली इन्टरभेन्सन सेन्टर अपाङ्गता भएका बालबालिकाको भविष्य निर्माणमा उदाहरणीय बन्दै गएको छ ।

यो समाचारमा

सोलुखुम्बुचितवनकाठमाडौँमुगु
झापा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्युतमा लगाइएको ५ प्रतिशत भ्याट फिर्ता लिन अध्यक्ष घिसिङको माग

    काठमाडौँ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत खपतमा लगाउन खोजेको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन माग गरेका छन्। मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि कर लगाउने निर्णय आम नागरिकको हित र ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत रहेको उनको ठहर

    Data is loading...

    Loading brands...

    Loading footer...