पोखरामा आजदेखि चार दिन दैनिक पाँच घण्टा बिजुली काटिने

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

22
Share
Featured
  • पुस १८–२१ सम्म पोखराका अधिकांश क्षेत्रमा हरेक दिन बिहान ६–११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
  • कुँडहर सबस्टेसनको १३२ केभी बसबार मर्मत का कारण विजयपुरदेखि हरिचोकसम्म लाइन अवरुद्ध हुनेछ।
  • यसैबीच पोखरा महानगरले सहरलाई ताररहित बनाउन इन्टरनेट तथा टेलिफोनका तार भूमिगत गर्न सेवा प्रदायकलाई आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

पोखराका अधिकांश क्षेत्रमा आज (पुस १८) देखि चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको कुँडहर सबस्टेसनमा स्तरोन्नतिको काम हुने भएकाले बिजुली काटिन लागेको हो ।

प्राधिकरणको पोखरा ग्रिड महाशाखाका अनुसार, पुस १८ देखि २१ गतेसम्म हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । कुँडहर सबस्टेसनको १३२ केभीको 'बसबार' मर्मत गर्नुपर्ने भएकाले पोखराको विजयपुरदेखि हरिचोकसम्मका सम्पूर्ण क्षेत्रमा विद्युत् अवरुद्ध हुने पोखरा वितरण केन्द्रले जनाएको छ ।

तोकिएको समयभन्दा अगाडि काम सकिएमा विद्युत् छिटो आउन सक्ने पनि प्राधिकरणले बताएको छ । मर्मत कार्य सकिएपछि विद्युत् आपूर्ति नियमित र भरपर्दो हुने विश्वास लिइएको छ ।

पोखरालाई ताररहित बनाउन महानगरको आग्रह

यसैबीच, पोखरा महानगरपालिकाले सहरलाई ताररहित बनाउने योजनामा सहकार्य गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई आग्रह गरेको छ । विद्युत् प्राधिकरणले पोखराको २३ किलोमिटर क्षेत्रमा तार भूमिगत गर्ने योजना अघि बढाएकाले सोही संरचनामा इन्टरनेट र टेलिफोनका तार पनि भूमिगत गर्न महानगरले छलफल थालेको हो । महानगरले पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तारहरू तत्काल हटाउन पनि सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल विद्युत प्राधिकरणपोखरा महानगरपालिकापोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अन्नपूर्ण आरोहण दिवसः गण्डकी पर्यटन विश्वभर चिनिएको दिन ।

    गण्डकी ।  विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटनमा महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ ।गण्डकीलाई विश्वव्यापी रूपमा पहिचान गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उक्त हिमालको आरोहण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सन्

    Data is loading...

    Loading brands...

    Loading footer...