पाँच वर्षपछि पुनः सक्रिय नेपाल–भारत संयुक्त कृषि संयन्त्र, व्यापार र प्रविधिमा जोड

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

40
Share
Featured
  • पाँच वर्षपछि काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकले कृषि व्यापार, प्रविधि हस्तान्तरण र अनुसन्धान सहकार्यलाई प्राथमिकतामा राख्दै नयाँ समझदारी पत्र कार्यान्वयनतर्फ कदम अघि बढाएको छ।
  • आर्थिक वर्ष २०२४–२५ मा १.६ अर्ब डलर नाघेको कृषि व्यापारलाई सन्तुलित र दीर्घकालीन बनाउने, पशुपालन, डिजिटल कृषि, जलवायु अनुकूल खेती र बजार पहुँच विस्तारमा सहकार्य गर्ने सहमति भएको छ।
  • आगामी तीन महिनाभित्र द्विवार्षिक कार्ययोजना तयार गर्ने, मल आपूर्ति र पूर्वाधार सहकार्य बढाउने तथा दशौँ बैठक भारतमा आयोजना गर्ने निर्णय गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालभारतबीच कृषि क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित गठन गरिएको संयुक्त कृषि कार्यसमूहको नवौँ बैठक पाँच वर्षपछि काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२० यता स्थगित रहेको यो उच्चस्तरीय संयन्त्र पुनः सक्रिय हुँदा दुवै देशले कृषि व्यापार, प्रविधि र अनुसन्धान सहकार्यलाई प्राथमिकतामा राखेका छन् ।

सन् २०२५ डिसेम्बर २८ र २९ (२०८२ पुस १३ र १४) मा सम्पन्न दुई दिने बैठक सन् २०२५ अप्रिलमा नेपाल–भारतबीच भएको कृषि सहयोगसम्बन्धी नयाँ समझदारी पत्र कार्यान्वयनतर्फको पहिलो औपचारिक कदमका रूपमा हेरिएको छ । बैठकको सह–अध्यक्षता नेपाल सरकारका सह–सचिव डा. हरि बहादुर के.सी. र भारत सरकारका अतिरिक्त सचिव डा. प्रमोद कुमार मेहेरदाले गरेका थिए ।

बैठकमा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०२४–२५ मा नेपाल–भारतबीचको कृषि व्यापार १.६ अर्ब अमेरिकी डलर नाघेको छ । दुवै पक्षले यस व्यापारलाई सन्तुलित, सुरक्षित र दीर्घकालीन बनाउने प्रतिबद्धता जनाएका छन् ।

भारतीय पक्षले ‘छिमेकी पहिलो’ नीतिअनुसार नेपालसँग कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने स्पष्ट संकेत दिएको छ ।
पशुपालन क्षेत्रमा सहकार्यका उपलब्धि उल्लेखनीय रहेको बैठकमा जानकारी दिइयो । भारतबाट उपलब्ध गराइएका १५ वटा उन्नत मुर्रा जातका राँगाबाट हालसम्म ९२ हजार ७६६ डोज वीर्य उत्पादन भइसकेको छ, जसले नेपालको पशु नस्ल सुधारमा सकारात्मक प्रभाव पारेको नेपाली पक्षको भनाइ छ ।

नेपालले आफ्ना आठ प्रकारका कृषिजन्य वस्तुको प्रयोगशाला परीक्षणलाई भारतले मान्यता दिएको विषयलाई व्यापार सहजीकरणतर्फको उपलब्धिका रूपमा उल्लेख गर्दै यस सूची विस्तार गर्न आग्रह गरेको छ ।

साथै नेपाली कृषि उपजका लागि भारतीय बजारमा सहज पहुँच, डिजिटल कृषि प्रविधि, जलवायु अनुकूल खेती र प्राकृतिक कृषि प्रणालीमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

बैठकको मुख्य उपलब्धिका रूपमा आगामी तीन महिनाभित्र द्विवार्षिक कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ ।
यसका साथै रासायनिक मल आपूर्ति सहज बनाउने, कृषि पूर्वाधार विकासमा सहकार्य गर्ने तथा खाद्य गुणस्तर र क्वारेन्टाइनसम्बन्धी समस्या समाधानका लागि प्राविधिक तहमा नियमित संवाद गर्ने निर्णय गरिएको छ ।

कृषि अनुसन्धानलाई थप संस्थागत बनाउने उद्देश्यले (आइसिएआर, एनएआरसि) लगायतका कृषि विश्वविद्यालय र अनुसन्धान संस्थाहरूबीच छुट्टै कार्ययोजना बनाएर सहकार्य गर्ने तथा पशुपन्छी र मत्स्य क्षेत्रका लागि अलग–अलग समझदारी पत्र गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

संयुक्त कृषि कार्यसमूहको दशौँ बैठक भारतमा आयोजना गर्ने निर्णय गर्दै मिति आपसी सहमतिमा तय गरिने बैठकले जनाएको छ ।

यो समाचारमा

भारतकाठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालविवाहका सूचना दर्ता बढ्दो ।

    झापा ।  बितेका  १० महिनामा  कोशी प्रदेशमा बाल हेल्पलाइन सेवामा ३८ बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२र८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता

    Data is loading...

    Loading brands...

    Loading footer...