त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

31
Share
Featured
  • त्रिभुवन विश्वविद्यालयले इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेता वैज्ञानिक प्रा. ताकाआकी काजितालाई प्रमुख अतिथिका रूपमा निम्त्याएर ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ।
  • यसपटक १६,३०० भन्दा बढी विद्यार्थी प्रत्यक्ष दीक्षित हुनेछन् भने विभिन्न सङ्कायका उत्कृष्ट २५ जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ।
  • यो विशेष समारोहमा विद्यार्थी र अभिभावक गरी करिब ४१,००० जनाको सहभागिता रहने अनुमान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक जगतसँगको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित आज ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ ।

बिहीबार विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो ।

यसपटक समारोहका प्रमुख अतिथि सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी वैज्ञानिक तथा टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिता रहेका छन् ।

उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मण्डप निर्माणदेखि दीक्षित विद्यार्थी तथा अभिभावक बस्ने व्यवस्थासम्म सबै तयारी सम्पन्न भइसकेको उनले जानकारी दिए ।

समारोहमा १६ हजार ३ सयभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् भने विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ।

त्रिविका विभिन्न सङ्काय र तहबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस अवसरमा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ । विश्वविद्यालयका अनुसार मानविकी, व्यवस्थापन, कानून र शिक्षा सङ्कायबाट ठूलो सङ्ख्यामा विद्यार्थी उत्तीर्ण भएका छन्।

नोबेल पुरस्कार विजेताको उपस्थितिले त्रिविको शैक्षिक प्रतिष्ठा र अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइ दिने विश्वास विश्वविद्यालयले व्यक्त गरेको छ ।

यो समाचारमा

टोकियोत्रिभुवन विश्वविद्यालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालविवाहका सूचना दर्ता बढ्दो ।

    झापा ।  बितेका  १० महिनामा  कोशी प्रदेशमा बाल हेल्पलाइन सेवामा ३८ बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२र८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता

    Data is loading...

    Loading brands...

    Loading footer...