'जेनजी' को प्रदर्शनअघि माइतीघरमा सुरक्षा कडा, प्रशासनले दिएन अनुमति

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

12
Share
Featured
  • मिराज ढुंगाना समूहको प्रदर्शन घोषणापछि माइतीघर मण्डला क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सुरक्षा कडा बनाइएको छ।
  • समूहले सरकार असफल भएको आरोप लगाउँदै सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलन घोषणा गरेको छ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरमा प्रदर्शनको अनुमति नदिए पनि सम्भावित प्रदर्शनको आशंकामा सतर्कता बढाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

'जेनजी' अभियन्ता मिराज ढुंगाना समूहले आज (सोमबार) प्रदर्शन गर्ने घोषणा गरेपछि काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

ढुंगाना समूहले 'जेनजी' आन्दोलनलाई धोका दिइएको र वर्तमान सरकार असफल भएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित देशव्यापी आन्दोलनको घोषणा गरेको थियो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ढुंगाना समूहलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले प्रदर्शनको अनुमतिका लागि निवेदन आए पनि आफूहरूले अनुमति नदिने निर्णय गरेको जानकारी दिए । प्रशासनको रोकका बाबजुद प्रदर्शन हुन सक्ने आशंकामा सुरक्षा सतर्कता बढाइएको हो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महानगरको छात्रवृत्ति परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण

    काठमाडौँ।काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न लिइएको छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आइतबार सञ्चालित परीक्षामा सहभागी २२ हजार २० विद्यार्थीमध्ये १४ हजार ५७ जना उत्तीर्ण भएका छन्।महानगरको छात्रवृत्ति परीक्षा समितिले न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीहरूको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा

    Data is loading...

    Loading brands...

    Loading footer...