साकोस शिखर गोष्ठी सुरु, सहकारी अभियान सुदृढ बनाउन रणनीतिक उन्नयनमा जोड

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

7
Share
Featured
  • नेफ्स्कूनले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा दुईदिने साकोस शिखर गोष्ठी–२०८२ सुरु गरेको छ।
  • अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रमा देखिएका चुनौती हटाई पारदर्शी र उत्तरदायी अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
  • नेफ्स्कूनले ७६ जिल्लाका ४ हजारभन्दा बढी साकोस र करिब ५९ लाख सदस्यमार्फत समुदायको आर्थिक–सामाजिक विकासमा योगदान गर्दै आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा ‘सदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ विषयक दुईदिने साकोस शिखर गोष्ठी–२०८२ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको गोष्ठी शुक्रबारसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस अभियानले समग्र सहकारी क्षेत्रलाई मार्गदर्शन गर्दै आएको उल्लेख गरे ।

उनले सहकारी अभियानको इतिहास, वर्तमान र भविष्यलाई सुदृढ बनाउन साकोस शिखर गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

अध्यक्ष ढकालले सहकारी क्षेत्रप्रति देखिँदै आएको नकारात्मक धारणा र चुनौतीप्रति संकेत गर्दै भने, ‘हामी जिम्मेवार छौँ, तर सहकारी अभियानलाई धमिलो बनाइरहेको वातावरण हटाउन अझै सफल हुन सकेका छैनौँ । हामी दोषीमुक्त भई पारदर्शी र उत्तरदायी सहकारी अभियान अगाडि बढाउन चाहन्छौँ ।’

नेफ्स्कून विगत ३८ वर्षदेखि बचत तथा ऋण सहकारी अभियानमार्फत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर रूपान्तरणमा क्रियाशील रहँदै आएको केन्द्रीय निकाय हो । यस संस्थाले नेपालका ७६ जिल्लाबाट प्रतिनिधित्व गर्ने ४ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरूलाई समेट्दै आएको छ ।

नेफ्स्कून अन्तर्गत ५९ वटा जिल्ला बचत तथा ऋण सहकारी संघ, ४ वटा प्रदेश बचत तथा ऋण सहकारी संघ तथा करिब ५९ लाख व्यक्तिगत सदस्यहरू आबद्ध छन् । स्थापना कालदेखि नै नेफ्स्कून विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाको सदस्य रहँदै आएको छ । संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा विकसित साकोस समाधानहरूको प्रवद्र्धन तथा कार्यान्वयन गर्दै बचत तथा ऋण सहकारीको संस्थागत विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपालमा पर्यटकको घुंईचो, गत बर्षभन्दा १९ प्रतिशतले बृद्दि ।

    काठमाडौं ।  सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मे महिनामा एक लाख दुई हजार ६ सय २६ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो।बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...