वीरगञ्ज भन्सारको दैनिक ५७ करोडको राजस्व सङ्कलन शून्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

12
Share
Featured
  • वीरगञ्ज भन्सार कार्यालयको दैनिक करिब ५७ करोड रुपैयाँ आम्दानी भन्सार एजेन्टहरूको ‘पेन डाउन’ आन्दोलनका कारण आज शून्यमा झरेको छ।
  • आन्दोलन भन्सार ऐन २०८२ को प्रावधान (साना त्रुटिमा घोषणा रकमको १०% जरिवाना एजेन्टले तिर्नुपर्ने) हटाउन माग गर्दै सुरु गरिएको हो र एजेन्टहरूले प्रावधान खारेज नभएसम्म काममा नफर्किने अडान लिएका छन्।
  • वीरगञ्ज नाका नेपालका लागि प्रमुख व्यापारिक नाका भएकोले अवरोध लम्बिँदा आपूर्ति संकट र मूल्यवृद्धि सहित देशभरको अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपालको राष्ट्रिय राजस्वमा सर्वाधिक योगदान दिने वीरगञ्ज भन्सार कार्यालयको दैनिक ५७ करोड रुपैयाँभन्दा बढी आम्दानी आज (सोमबार) शून्यमा झरेको छ ।

भन्सार एजेन्ट महासंघ नेपालले बिहानैदेखि ’पेन डाउन’ (कागजी कार्य बहिष्कार) आन्दोलन घोषणा गरेपछि देशको प्रमुख व्यापारिक नाकाबाट हुने सम्पूर्ण आयात निर्यात ठप्प भएको हो ।

भन्सार एजेन्टहरूले भन्सार ऐन २०८२ मा समावेश गरिएका केही प्रावधानको विरोध गर्दै आन्दोलनलाई देशव्यापी बनाएका हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले भन्सार एजेन्टहरूको कामकाज बन्द भएपछि कार्यालयको सम्पूर्ण गतिविधि अवरुद्ध भएको र राजस्व सङ्कलन शून्य भएको पुष्टि गरे । आइतबारदेखि नै छलफल जारी रहेपनि महासंघले देशव्यापी आन्दोलनमा जाने निर्णय गरेपछि यो अवस्था आएको उनको भनाइ छ ।

भन्सार एजेन्ट संघ वीरगञ्जका अध्यक्ष राजमान तामाङका अनुसार उनीहरूले भन्सार ऐन २०८१ को उपदफा ७१ को (झ) मा गरिएको व्यवस्था हटाउन माग गरेका छन् ।

यो प्रावधानअनुसार स–साना मानवीय त्रुटिका कारण घोषणा गरिएको रकमको १० प्रतिशत जरिवाना भन्सार एजेन्टले नै तिर्नुपर्ने अव्यावहारिक व्यवस्था छ, जसले एजेन्टहरूलाई मारमा पारेको छ । उक्त व्यवस्था खारेज नभएसम्म काममा नफर्किने एजेन्टहरूको अडान छ ।

वीरगञ्ज भन्सार कार्यालयले मासिक साढे सत्र अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्ने गर्दछ। यो नाकाबाट नेपालका लागि ७५ प्रतिशतभन्दा बढी खाद्य पदार्थ र ७० प्रतिशतभन्दा बढी औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थको आयात हुने गर्दछ ।

राजस्वको प्रमुख स्रोत र अर्थतन्त्रको मेरुदण्ड मानिने यो नाकाको अवरोध लम्बिएमा यसको नकारात्मक प्रभाव देशभरका उपभोक्ताहरूले आपूर्ति सङ्कट र मूल्यवृद्धिको रूपमा व्यहोर्नुपर्ने अवस्था आउने चेतावनी सरोकारवालाहरूले दिएका छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुशासन कायममा प्रधानन्यायाधीश डा. शर्माको प्रतिबद्दता ,गुणस्तर तथा प्रभावकारीतामा बिशेष जोड ।

    काठमाडौं ।  प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले न्यायिक क्षेत्रमा सुशासन कायम गर्दै सुधार गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूसँग आज भएको भेटमा प्रधानन्यायाधीश शर्माले न्यायपालिकालाई सुधार गर्दै न्याय प्रणालीप्रति जनताको विश्वास बढाउन सबै सरोकारवालासँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो। देशको सर्वोच्च अदालतको प्रमुखको रूपमा भर्खरै जिम्मेवारी

    Data is loading...

    Loading brands...

    Loading footer...