एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक शुक्रवार बस्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

14
Share
Featured
  • एनआरएनएमा एकता भएपछि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ र त्यसको पहिलो बैठक डिसेम्बर ५ बिहान ९ बजे बस्दैछ।
  • बैठकमा संघको काम–कारबाहीलाई व्यवस्थित गर्ने र एउटै सहमति अनुसार १२ औँ महाधिवेशन सम्बन्धी विषयमा छलफल हुनेछ।
  • स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डा. बद्री केसीसहित १० सदस्यको नाम सार्वजनिक भइसकेको छ, र एउटाको नाम चाँडै सार्वजनिक हुने बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गैर‑आवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका दुई समूह महेश कुमार श्रेष्ठ र डा. बद्री केसी पक्षबिच एकता भएको थियो ।

एकतापछि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ । उक्त कमिटीमा रहने १० जनाको नाम सार्वजनिक भइसकेको छ भने एक जनाको नाम चाँडै सार्वजनिक हुने बताइएको छ । 

पहिलो बैठकमा संघको काम कारबाहीलाई चुस्त दुरुस्त पार्ने र सहमति अनुसार १२ औँ महाधिवेशनका विषयमा पनि छलफल हुने छ । 

स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डाक्टर बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम र भवानी ओली रहेका छन् । 

एकतापछि अहिले एनआरएनएले राष्ट्रपतिसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग आफ्ना मुद्दाहरूका विषयमा छलफल एवं पैरवी गर्दै आएको छ ।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीगैर‑आवासीय नेपाली संघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही

    काठमाडौँ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ। यस कारबाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गर्ने १०५, राइड सेयरिङका २३८,

    Data is loading...

    Loading brands...

    Loading footer...