सरकारको दाबी : ३० मिनेटमै आवेदन, भोलिपल्ट राहदानी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

8
Share
Featured

काठमाडौँपरराष्ट्र मन्त्रालयले राहदानीका लागि ३० मिनेटभित्रै आवेदन गर्न सकिने व्यवस्था मिलाएको दाबी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ३० मिनेटभित्र नै आवेदन गर्न सकिने व्यवस्था मिलाइएको दाबी गरे ।

हाल राहदानी सेवा सहज रहेको दाबी गर्दै मन्त्रालयले सेवाग्राहीलाई आफ्नो तोकिएको समयमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ । कागजातसहित उपस्थित भएको ३० मिनेटभित्रमा आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता पौडेलले बताए ।

विभागमा आवेदन दिएको भोलिपल्ट नै राहदानी जारी हुने गरेको समेत उनले बताए । जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा आवेदन दिएको ७ देखि १२ दिन भित्रमा राहदानी छपाइ गरी पठाउने व्यवस्था मिलाइएको उनको भनाइ छ । निजी ठेगानामा राहदानी ढुवानी गर्ने व्यवस्थाका लागि हुलाक सेवा विभागसँग समन्वय भइरहेको क्षेत्रीले बताए ।

राहदानी विभागमा नयाँ प्रणाली लागु गर्ने कार्य अन्तिम चरणमा रहेको जनाइएको छ । वर्तमान आपूर्तिकर्ताबाट प्राप्त कुल २ लाख ७ हजार ५ सय ९३ थान राहदानी र तीमध्ये २ लाख ७ सय ३७ थान साधारण राहदानी मौज्दात रहेको मन्त्रालयले जनाएको छ । आगामी पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई सकभर जेठ मसान्तभित्रै राहदानी आवेदन दिन परराष्ट्रले अनुरोध गरेको छ ।

नयाँ आपूर्तिकर्ताले २ लाख ५० हजार थान राहदानी आपूर्ति गरेको, वैयक्तीकरणको परीक्षण उत्पादन सफलतापूर्वक सम्पन्न गरिएको समेत मन्त्रालयले जनाएको छ । राहदानी विभागले ‘मोफा मित्र’ एप ल्याउने तयारी गरेको छ । जेठ १२ गते परराष्ट्रमन्त्रीको उपस्थितिमा एप सार्वजनिक गर्ने तयारी छ ।

यो समाचारमा

काठमाडौँपरराष्ट्र मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

    वीरगन्ज ,पर्सा ।  चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज नाकाबाट रु २० अर्ब ७९ करोड मूल्य बराबरको को खाद्यान्न आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात  मूल्यमा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी

    Data is loading...

    Loading brands...

    Loading footer...