बुढानीलकण्ठ नगरपालिकाको शैली : राम्रो गर्नेलाई पुरस्कार, गलत गर्नेलाई दण्ड

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

12
Share
Featured
  • बुढानीलकण्ठ नगरपालिकाको १२ औं स्थापना दिवस भव्य रूपमा मनाइयो; नगर प्रमुख मिठाराम अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खेलकूद र फोहोर व्यवस्थापनमा भएका उपलब्धि र आगामी योजनाबारे जानकारी दिए।
  • नगरपालिकाले उत्कृष्ट कर्मचारी, करदाता, उपभोक्ता समिति, निर्माण व्यवसायी र विद्यालयलाई सम्मान गरेको छ; विद्यार्थीका लागि खाजा सुविधा र पुरस्कार कार्यक्रम पनि सञ्चालन गरिएको छ।
  • बागमती प्रदेश मन्त्री जयराम थापाले नगरपालिकाको प्रगति प्रशंसा गर्दै पर्यटकीय विकास र रोजगारी सृजनाका लागि समर्थन दिने प्रतिबद्धता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बुढानीलकण्ठ नगरपालिकाको १२ औं स्थापना दिवस मनाइएको छ । मंगलबार नगरपालिकाको प्राङ्गण, हात्तीगाँडामा भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रमलार्ई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले बुढानिलकण्ड नगरपालिकालाई उत्कृष्ट बनाउनका लागि काम गरिरहेको बताए ।

विकास निर्माणका सवालमा स्थानीयले चित्त बुझाउने गरी काम गरिरहेको दाबी अधिकारीको छ । विकास निर्माणमा नतिजा दिने निर्माण कम्पनीलाई सम्मान र गलत गर्नेलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ । कालो सूचिमा पर्ने गरी काम नगर्न उनले व्यवसायीलाई सुझाब पनि दिए ।

७८ सालदेखि सुरु गरेका कतिपय काम अझै सुरु भएको छैन । त्यस्ता निर्माण कम्पनीलाई कारबाही नगरे कसलाई गर्ने ? अधिकारीले प्रश्न गरे । राम्रो काम गर्ने कर्मचारी र उपभोक्ता समितिलाई सम्मान गर्ने गरिएको जानकारी दिए । त्यसैगरी उत्कृष्ट करदातालाई पनि प्रोत्साहनका लागि सम्मान गर्ने गरेको बताए । 

नगर प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकूद क्षेत्रमा एकपछि अर्को काम गर्दै आएको जानकारी दिए । शिक्षा क्षेत्रको बजेट १ करोडबाट बढाएर ७ करोड हुँदै १३ करोडसम्म पुर्याएको उनले बताए । नगरपालिकाकाले प्रत्येक दिन १० हजार विद्यार्थीलाई दिवा खाजा खुवाउने गरेको उनले जानकारी दिए । 

“संघ सरकारले ५ कक्षासम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरेको छ । हामीले थपेर १० कक्षासम्मकै विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छौँ । हप्ताको ६ दिनमा ६ प्रकारका फरक फरक खाजा खुवाउने गरेका छौँ ।” उनले भने ।

सामुदायिक विद्यालयले एसइइमा जिपिए ४ ल्याएमा ५ लाख र विद्यार्थीलाई १ लाख पुरस्कार दिने गरिएको अधिकारीले जानकारी दिए । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सबै पालिका एकजुट भएर काम गर्नुपर्ने उनको सुझाब छ ।

नगरपालिकाले बनाएको नगर अस्पतालले नागरिकलाई ठूलो राहत दिएको उनले जानकारी दिए । दैनिक ३ सयभन्दा धेरै विरामीले उपचार सेवा पाइरहेको उनको भनाइ छ । बुढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचिमा समावेश गर्नका लागि युनेस्कोसँग पहल गरिरहेको उनले जानकारी दिए । त्यसैगरी अधिग्रहण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउने काममा पनि सक्रिय भएको उनको भनाइ छ । 

वृहत्तर बुढानिलकण्ठ बनाउने अभियानअनुसार काम गरिरहेको उनले जानकारी दिए । संघ सरकारले पनि स्थानीय सरकारलाई जति साथ दिनुपर्ने त्यति नदिएको अधिकारीले गुनासो गरे । “कुनै पनि प्रमुखसँग के छ हालखबर भनेर सोधिएको छैन । जेनजी आन्दोलनपछि के कस्ता समस्या छन् भनेर कसैले चासो रोखको छैन ।” अधिकारीले भने ।

उपप्रमुख अनिता लामाले जनताले पाउने सेवालाई परिणामुखी बनाउन कर्मचारी संयन्त्रले राम्रो काम गर्दै आएको बताइन् । नगरपालिकाले शिक्षामा कायापलट गरेको दाबी गर्दै लामाले गुणस्तरीय शिक्षाका लागि बुढानीलकण्ठ नै जानुपर्छ भन्ने मान्यता स्थापित भएको दाबी गरिन् । 

१ सय १० वटा कानुन बनाएर न्यायिक समितिले काम गरिरहेको जानकारी उनले दिइन् । जेनजी पुस्ताको माग र भावनालाई सम्बोधन गर्ने गरी काम गरिरहेको उपप्रमुख लामाको भनाइ छ । 

प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले नगरको विकास, सुशासन र सेवा प्रवाहमा बुढानीलकण्ठ नगरपालिकाले देखाएको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्य गर्न सरकार सधैँ साथमा रहने उल्लेख गरे ।

“बुढानीलकण्ठको मुहार फेर्ने गरी हामी अघि बढिरहेका छौँ । नागरिकलाई उत्पादनसँग जोड्दै रोजगारी सृजना गर्नुपर्ने छ ।” थापाले भने । उनले पर्यटकीय गन्तव्यका रुपमा यो  क्षेत्रलाई अघि बढाउन गुरुयोजना बनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, राष्ट्रिय स्वतन्त्र पार्टी बुढानीलकण्ठ नगर कमिटी कार्यवाहक सभापति राधा शाह, नेपाली कम्प्युनिष्ट पार्टीका बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष भाइ नारायण श्रेष्ठ, नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदीप डंगोलले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख मिठाराम अधिकारीले गरेका थिए भने प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा थिए । 

राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

साइकल -यालीमा समन्वय गर्ने संस्थाहरूलाई प्रमाणपत्र, करदाता, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा विभिन्न संघ–संस्थालाई सम्मान, नृत्यमा सहभागी विद्यालयहरूलाई प्रमाणपत्र वितरण, तथा नगरपालिकामा उत्कृष्ट सेवा दिने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साथै जुगल नवगुरुकुलका कक्षा ७ का विद्यार्थीबाट आकर्षक गजल प्रस्तुति समेत गरिएको थियो । 

यो समाचारमा

बुढानीलकण्ठ  नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधि सभा नियमावली २०८३ कार्यान्वयन।

    काठमाडौँ ।  प्रतिनिधि सभा नियमावली २०८३ कार्यान्वयनमा आएको छ।संसदीय समिति सभापतिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ।नयाँ नियमावली अनुसार सदनमा तोडफोड गर्ने सांसद स्वयमले क्षतिपूर्ति तिर्नुपर्ने र उच्छृङ्खल व्यवहार गर्नेलाई कारबाहीको व्यवस्था गरेको छ।नियमावलीले संसद्को काम कारबाही, समिति सञ्चालन वा सांसदहरूको भूमिकाको विषयमा नियमावलीलाई सर्वोच्चता प्रदान गरेको छ।। गत

    Data is loading...

    Loading brands...

    Loading footer...