बालेनका बुबा रामनारायणको अन्त्येटि, श्रद्धाञ्जलीका लागि उच्च अधिकारीहरु आर्यघाटमा

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

12
Share
Featured
  • काठमाडौं मेयर बालेन्द्र शाहका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा मधुमेह र पिसाब संक्रमणका कारण मंसिर १५ मा निधन भयो।
  • उनको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको थियो, जहाँ उच्च पदाधिकारी, नेताहरु, कलाकार र सामाजिक अभियन्ताहरूले श्रद्धाञ्जली अर्पण गरे।
  • रामनारायणको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्, र उनी आयुर्वेदिक चिकित्सक समेत थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

लामो समयदेखि  मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा आइतबार (मंसिर १५) १२ः२० मा निधन भएको थियो ।

अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आइतबार मध्यान्हमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । 

आयुर्वेदिक डाक्टर समेत रहेका रामनारायणलाई श्रद्धाञ्जली दिन उच्च पदाधिकारीहरु आर्यघाट पुगेका थिए । उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता, प्रहरी प्रमुख दानबहादुर कार्की पशुपति पुगेका थिए । त्यस्तै, ललितपुरका मेयर चिरिबाबु महर्जन, नेता राजेन्द्र महतोलगायत आर्यघाट पुगेका थिए । साथै, कलाकार र सामाजिक अभियान्ताहरु पनि रामनारायणलाई श्रद्धाञ्जली दिन आर्यघाट पुगेका थिए । 

रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी अचानक अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा लगिएको थियो । 

यो समाचारमा

काठमाडौँकुलमान घिसिङबब्लु गुप्ताललितपुर
बालेन्द्र शाह (बालेन)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भदौ २३ र २४ का घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र थियो- केपी ओली

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गत भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको 'पूर्वनियोजित षड्यन्त्र' भएको दाबी गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई उद्धृत गर्दै ओलीले ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको बताए।ओलीले लोकतान्त्रिक र संसदीय

    Data is loading...

    Loading brands...

    Loading footer...