सिमरा घटनाप्रति गृहको ध्यानाकर्षण, शान्तिपूर्ण कार्यक्रम गर्न आग्रह

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

11
Share
Featured
  • बाराको सिमरामा एमाले कार्यकर्ता र ‘जेन–जी’ समूहबीचको झडपपछि कर्फ्यु आदेश जारी गरिनुका साथै सिमरा विमानस्थल बन्द भएको थियो, तर स्थिति अहिले सामान्य बन्दै गएको छ।
  • झडपका क्रममा विमानस्थलको गेट तोडफोड, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन तथा विवाद एमाले नेताहरूको आगमन विषयबाट सुरु भएर फैलिएको थियो।
  • गृह मन्त्रालयले घटनाप्रति ध्यानाकर्षण जनाउँदै कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न, अभिव्यक्ति दिने क्रममा जिम्मेवार हुन र स्थानीय प्रशासनसँग समन्वय गर्न सबै पक्षलाई आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाराको सिमरामा मंगलबार दिनभर तनावग्रस्त बनेको स्थिति सामान्य बन्दै गएको छ । गृह मन्त्रलयले एक विज्ञप्ति जारी गर्दै शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको छ । एमाले कार्यकर्ता र जेन-जी नामक समूहबीच झडप भएपछि उत्पन्न तनावका कारण सिमरा विमानस्थल बन्द गरिएको थियो भने स्थानीय प्रशासनले कर्फ्युसमेत लगाएको थियो । गृह मन्त्रालयले कुनै पनि कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न र स्थानीय प्रशासनसँग समन्वय गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यकर्ता र 'जेन-जी' समूहबीच झडप भएपछि सिमराको अवस्था तनावपूर्ण बनेको थियो। एमाले नेताहरूको आगमनको विषयलाई लिएर भएको विवादले झडपको रूप लिएको थियो। स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले दिउँसो साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो।


झडपका क्रममा सिमरा विमानस्थलको गेट तोडफोड भएको थियो भने विमानस्थल पनि बन्द गरिएको थियो। तनाव बढेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

गृह मन्त्रालयले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न र अभिव्यक्ति राख्दा गम्भीर हुन सबै पक्षलाई आग्रह गरेको छ। मन्त्रालयले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्न पनि अनुरोध गरेको छ। सरकार शान्ति व्यवस्था कायम गरी तोकिएको समयमै चुनाव सम्पन्न गराउन प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँगृह मन्त्रलयबारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    करेन्ट लागेर सर्लाहीमा एक महिलाको मृत्यु

    सर्लाही।सर्लाहीको रामनगर गाउँपालिका-६ मलघट्टाटोलमा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय रामानन्द रायकी ५० वर्षीया श्रीमती मिथलेसिया देवीको शनिबार घटनास्थलमै ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मिथलेसिया देवी आफ्नै घर पछाडि रहेको ट्युबेल कलमा जडान गरिएको विद्युतीय मोटर प्रयोग गरी नुहाइरहेकी थिइन्। सोही क्रममा

    Data is loading...

    Loading brands...

    Loading footer...