७० दिनपछि पुनःसंचालनमा आयो टाटा मोटर्सको शोरुम, थप सुविधा सम्पन्न बनाउने दाबी

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०१, सोमबार

17
Share
Featured
  • जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको टाटा मोटर्सको थापाथली शोरुम सिप्रदी ट्रेडिङले अस्थायी पुनर्निर्माणपछि ७० दिनमै पुनःसञ्चालनमा ल्यायो।
  • कम्पनीले शोरुमलाई पहिलाभन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउन लक्ष्यसहित व्यवस्थापन गरेको जनाएको छ।
  • सबै ग्राहक सेवाहरू आजदेखि पुनः उपलब्ध हुने बताउँदै कम्पनीले आन्दोलनले मनोबल नघटाएको स्पष्ट पार्‍यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा मोटर्सको थापाथलीस्थित शोरुम पुनः संचालनमा आएको छ । 

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले शोरुम रहेको संरचनाहरु अस्थायी रुपमा पुनःनिर्माण गरेर संचालनमा ल्याएको हो ।

कम्पनीका महाप्रबन्धक सावन्तजंग सिजापतिले जेनजी आन्दोलनमा जलेको शोरुमलाई ७० दिनको समयमा व्यस्थापन गरेर पुनःसञ्चालनमा ल्याउन सफल भएको बताए । 

सोमबार टाटाको थापाथली शोरुमलाई पुनसञ्चालन गर्ने क्रममा उनले भदौ २३ र २४ गते भएको आन्दोलनपछि शोरुममा धेरै क्षति पुगेको भन्दै यसलाई पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढेको बताए । 

उनले भने, ‘हामीले आजबाट यहाँको शोरुमलाई पुनः खोल्दै छौ । भदौ २३ र २४ गते भएको आन्दोलनले शोरुमहरुका जुन क्षति भयो त्यसपछि पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढेका थियौं र ७० दिनको समयमा त्यसलाई व्यस्थापन गरेका छौ । आज हामीले हाम्रो शोरुम फिर्ता पाएका छौ ।’

यस्तै, उनले आजैबाट सबै ग्राहक सेवाहरु पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । भदौ २३ र २४ गते भएको घटनाले कुनै पनि प्रकारको मनोबल नघटेको उनको भनाई छ । 

यो समाचारमा

टाटा मोटर्सकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विदेशबाट फर्किएपछि विजयकुमार बने उत्कृष्ट कृषक

    काठमाडौँ।मलेसियाको रोजगारी छाडेर स्वदेशमै व्यावसायिक माछापालनमा लागेका कञ्चनपुरका विजयकुमार चौधरी 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार' बाट सम्मानित भएका छन्। लालझाँडी गाउँपालिका–४ का चौधरीलाई हालै राष्ट्रपति रामचन्द्र पौडेलले २ लाख रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरेका हुन्।विगत ७ वर्षदेखि ३ बिघा जमिनमा माछा पोखरी बनाएर व्यवसाय गरिरहेका चौधरीले वार्षिक ४५ क्विन्टल माछा बिक्री

    Data is loading...

    Loading brands...

    Loading footer...