नौगाम प्रहरी कार्यालय नजिक विस्फोटः रेड फोर्ट घटनासँग सम्भावित सम्बन्धको अनुसन्धानक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

15
Share
Featured
  • जम्मु–कश्मीरको नौगाम नजिक विस्फोट भएको छ, सुरक्षा जवान परिचालन र स्निफर कुकुर प्रयोग गरी अनुसन्धान भइरहेको छ; घाइतेको अवस्था बुझ्न डिपुटी कमिश्नर अस्पताल पुगे।
  • विस्फोट दिल्लीको रेड फोर्ट घटनासँग सम्बन्धित फरीदाबाद–मोड्युलसँग जोडिएको पाइएको छ, जसमा ठूलो मात्रामा हतियार र लगभग ३,००० किलो विस्फोटक बरामद गरिएको छ।
  • मोड्युलका सदस्य उमर फरार रहेका थिए, जसले विस्फोटमा प्रयोग भएको कार चलाएको प्रारम्भिक फरेन्सिक र सिसीटिभी पुष्टि भएको छ।
  • अनुसन्धान राष्ट्रिय जाँच एजेन्सीलाई जिम्मा दिइएको छ, घटनास्थलबाट डिएनए, विस्फोटक नमुना र अन्य प्रमाण संकलन गरी परीक्षण जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जम्मु र कश्मीरको नौगाम प्रहरी कार्यालय नजिक विस्फोट भएको छ । घटना लगत्तै सुरक्षा निकायका जवानहरू घटनास्थलमा परिचालन गरिएको छ तथा अनुसन्धानका लागि स्निफर कुकुर प्रयोग गरिएको छ ।

विस्फोटमा घाइते भएकाहरूको अवस्थाबारे बुझ्न श्रीनगरका डिपुटी कमिश्नर अक्षय लब्बू अस्पताल पुगेका छन् । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

सुरक्षासम्बन्धी स्रोतहरूका अनुसार नोभेम्बर १० मा नयाँ दिल्लीमा भएको विस्फोटको डोरी नौगाम क्षेत्रमा टाँगिएका आपत्तिजनक पोस्टरसँग जोडिएको देखिएको छ । उक्त घटनाको सम्बन्धमा अक्टोबर १९ मा एफआईआर दर्ता गरिएको थियो, जसपछि सुरक्षा निकायले अन्तर–राज्यीय जैश–ए–मोहम्मद मोड्युलमाथि कडा कारबाही थालेका थिए ।

यसको अनुसन्धानका क्रममा अक्टोबर २० देखि २७ बीच शोपियाँ र गान्दरबलबाट दुई जनालाई पक्राउ गरिएको थियो । नोभेम्बर ५ मा उत्तर प्रदेशको सहारनपुरबाट चिकित्सक डा. अदिललाई पक्राउ गरियो। दुई दिनपछि अनन्तनागस्थित एक अस्पतालबाट एएके–५६ र विभिन्न गोलीगठ्ठा बरामद गरियो । त्यसपछि फरीदाबादको एक स्थानबाट थप बन्दुक, पिस्तोल र विस्फोटक सामग्री फेला पारिएको सुरक्षास्रोतले जनाएको छ ।

पूछताछका क्रममा पक्राउ परेकाहरूले अन्य संलग्न व्यक्तिहरूको नाम खुलाएपछि अल–फलाह मेडिकल कलेज, फरीदाबादका डा. मुजम्मिललाई समेत पक्राउ गरियो । थप छापामारी हुँदा ठूलो मात्रामा हतियार तथा विस्फोटक सामग्री बरामद भयो। नोभेम्बर ९ मा ‘मद्रासी’ नामका एक व्यक्ति फरीदाबादबाट पक्राउ परे । भोलिपल्ट मेवातका बासिन्दा तथा अल–फलाह मस्जिदका इमाम हफिज मोहम्मद इश्तियाकको घरबाट २,५६३ किलो विस्फोटक पदार्थ बरामद भयो ।

पछिल्ला कारबाहीमा ३५८ किलो अतिरिक्त विस्फोटक, डेटोनेटर, टाइमरलगायत सामग्री फेला पर्न पुगे, जससँगै झण्डै ३,००० किलो विस्फोटक जफत गरिएको छ । यसैबीच, मोड्युलका सदस्य तथा अल–फलाह मेडिकल कलेजका चिकित्सक उमर, सुरक्षाको दबाब बढेपछि आफ्नो ठेगाना परिवर्तन गर्दै लुकेका थिए ।

सीसीटीभी फुटेजअनुसार, दिल्लीको रातिरानी क्षेत्रमा भएको रेड फोर्ट विस्फोटमा प्रयोग भएको कार चलाउने व्यक्ति यही उमर थिए । फरीदाबादबाट बरामद गरिएको समान प्रकारको विस्फोटक उक्त कारमा समेत प्रयोग भएको पुष्टि भएको छ । विस्फोट योजनाबद्ध रूपमा गरिएको वा दुर्घटनावश भएको हो भन्नेबारे थप अनुसन्धान जारी छ ।

सुरक्षा एजेन्सीहरूले यस फरीदाबाद मोड्युललाई सफलतापूर्वक ध्वस्त गर्दै ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेपछि देशमा ठूलो क्षति पु-याउने योजनालाई समयमै रोकिएको बताइएको छ । मोड्युलमाथिको कडा कारबाहीपछि उमर फरार भएका थिए र सम्भावित रूपमा आत्तिएको तथा तनावग्रस्त अवस्थामै रेड फोर्ट विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

विस्फोटको खबर आएलगत्तै दिल्ली प्रहरी तथा अन्य सुरक्षा एजेन्सी घटनास्थलतर्फ दौडिएका थिए । केन्द्रीय गृहमन्त्री अमित शाहले एनएसजी, एनआईए तथा फरेन्सिक टोलीलाई तुरुन्त घटनास्थलमा पुग्न निर्देशन दिएका थिए । घाइतेहरूलाई तत्काल नजिकैको अस्पताल पु¥याइयो र विस्फोटमा प्रयोग भएको गाडीको स्वामित्व पुष्टि गरियो ।

घटनास्थलबाट डिएनए नमुना, विस्फोटक नमुना तथा अन्य प्रमाण संकलन गरी फरेन्सिक परीक्षणका लागि पठाइएको छ । यस घटनाको अनुसन्धान राष्ट्रिय जाँच एजेन्सी लाई जिम्मा लगाइएको छ । 

यो समाचारमा

काठमाडौँनयाँ दिल्ली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

    काठमाडौँ।सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ । मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो । गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ,

    Data is loading...

    Loading brands...

    Loading footer...