जेनजी आन्दोलनको सम्पूर्ण जिम्मेवारी राजनीतिक दलले लिनुपर्छ : सन्तोष परियार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

9
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जेनजी आन्दोलनका सबै घटनाको जिम्मेवारी राजनीतिक दलहरूले नै लिनुपर्ने र जनताको माग पूरा गर्न नसक्दा हालको जटिल अवस्था सिर्जना भएको बताए।
  • उनले भ्रष्टाचार, नातावाद, कुशासन र असक्षम नेतृत्वविरुद्ध जनताले कठोर प्रतिक्रिया जनाए पनि दलहरूले सुधारको गति तीव्र बनाउन नसकेको उल्लेख गरे।
  • परियारका अनुसार जेनजी आन्दोलनले पुरानो राजनीतिक अभ्यासलाई खारेज गरी नयाँ व्यवस्था स्थापना गर्ने जिम्मा राजनीतिक दलहरूकै भएको र देश तथा जनताको हितमा सहकार्य गर्न तयार रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जेन–जी आन्दोलन “नेपो किड”का सबै घटनाको जिम्मेवारी राजनीतिक दलले नै लिनुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२’ अन्तर्गत ‘बदलिँदो राजनीति ः सच्चिदै कि सक्किदै दल ?’ विषयमा आयोजित बहस कार्यक्रममा बोल्दै उनले जनताको भावना अनुसार काम गर्न नसक्दा हालको जटिल अवस्था जन्मिएको स्पष्ट पारे ।

उनले भने, ‘जेनजी आन्दोलनको घटनाको सबै जिम्मेवारी हामी राजनीतिक दलहरूले नै लिनुपर्छ । पाँच महिनामै पार्टी खोलेर यहाँसम्म आउनु चमत्कार नै हो । जनताले विश्वास गरेर हामीलाई अघि सारे, तर हामीले उनीहरूको माग पूरा गर्न सकेनौँ।’

परियारका अनुसार भ्रष्टाचार, नाताबाद–कुशासन र असक्षम नेतृत्वविरुद्ध जनताले कठोर प्रतिक्रिया जनाए पनि दलहरूले सुधारको गतिलाई तीव्र बनाउन सकेनन् ।

‘हामी सबै राम्रो गरेका छौँ भन्ने दाबी गर्दिन। अनुशासन र स्पष्ट विचारविना राजनीति सफल हुँदैन भन्ने हामी मान्छौँ,’ परियारले भने ।

जनताले लामो समयदेखि आफू र आफ्नै पुस्तालाई राज्य प्रणालीले बाँधेर राखेको महसुस गरेको उल्लेख गर्दै उनले जेनजी आन्दोलनको मूल मर्म परिवर्तनको चाहना भएको बताए ।

‘एकै व्यक्ति पटक–पटक नेतृत्वमा बस्नु हुँदैन भन्ने धारणा जेनजीले स्थापित गरिदियो । दलहरूले राज्य संस्थामा लगाइरहेको ढोकछोप प्रणाली पनि खारेज गरिदियो,’ उनले थपे । उनले जेनजी आन्दोलनले पुरानो राजनीतिक अभ्यासलाई अस्वीकृत मात्र गरेको र अब नयाँ व्यवस्था स्थापित गर्ने जिम्मा राजनीतिक दलकै भएको बताए ।

‘भ्रष्टाचार, नातावाद, कुशासन–सबै कुरा जनताले खारेज गरिसके । अब स्थापित गर्ने काम हाम्रो हो । देश र जनताको हितमा हामी सबैसँग सहकार्य गर्न तयार छौँ,’ परियारले स्पष्ट पारे ।

यो समाचारमा

सन्तोष परियारराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँजेन–जी आन्दोलन “नेपो किड”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भन्सार छलेको आशङ्कामा ७४ वटा इभी सशस्त्र प्रहरीको नियन्त्रणमा

    काठमाडौँ।भन्सार छलेर नेपाल भित्र्याइएको आशङ्कामा सशस्त्र प्रहरी बलले ७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ती गाडीहरू मंगलबार राति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बरामद गरिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार नियन्त्रणको लागि नं. ३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका

    Data is loading...

    Loading brands...

    Loading footer...