थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री–क्लास एयरबस सञ्चालनमा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

16
Share
Featured
  • थाइ एयरवेज इन्टरनेशनलले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री–क्लास सुविधासहितको नयाँ एयरबस ए३३०–३०० विमान सञ्चालन सुरु गरेको छ, जसले पुरानो बोइङ ७७७ लाई प्रतिस्थापन गरेको हो।
  • नयाँ विमानमा २६४ सिट क्षमता रहेको छ, जसमा प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी र इकोनोमी वर्गका तीन सेवा स्तर उपलब्ध छन्, यात्रुहरूको विविध आवश्यकता पूरा गर्न डिजाइन गरिएको हो।
  • एयरलाइन्सले यात्रु अनुभव सुधार गर्दै दैनिक दुईपटक उडान सञ्चालन गरिरहेको छ र ‘स्मूथ एज सिल्क’ अवधारणाअन्तर्गत उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले थ्री–क्लासको सुविधासहित एयरबस ए३३०–३०० विमान सञ्चालनमा ल्याएको छ ।   

यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा थ्री–क्लास सुविधासहित सेवा दिन थालेको हो ।

यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो । जसले उडान भर्दै आएको बोइङ ७७७ अपरेसनलाई प्रतिस्थापन गरेको छ ।

नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधैं प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ । बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधा ‘स्मूथ एज सिल्क’ सहितको सेवा प्रदान गरिरहेको हो ।

कार्तिक ९ देखि थाइ एयरवेज इन्टरनेशनलले दैनिक दुई पटक काठमाडौँमा उडान भर्दै आइरहेको छ । सुधार गरिएको विमान कन्फिग्रेसन र यात्रु अनुभव नयाँ एयरबस ए ३३०–३०० विमानमा कुल २६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ,  जुन विविध यात्रुको प्राथमिकता तथा आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको हो ।

प्रिमियम इकनोमी प्लस वर्ग : ३१ वटा प्रिमियम सीटहरु जसमा पूर्ण फ्ल्याट बेडहरु, प्रत्यक्ष आईसल पहुँच, र अधिक निजी वातावरण उपलब्ध छन् । लामो उडानका लागि एक अनुपम स्तरको आरामदायी अनुभव प्रदान गरिरहेको छ ।

प्रिमियम इकनोमी वर्ग : ४८ वटा ठूला आरामदायी सिट, खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकनोमी र बिजनेसक्लासबीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ ।

इकोनोमी वर्ग : कुल १८५ आरामदायी सीटहरु छन् । जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र चौकस केबिन कर्मचारी सेवाहरू उपलब्ध छन् । जुन यस एयरलाइन्सलाई क्षेत्रभरिका यात्रुहरुले रोजाइको विकल्प बनाउन सक्छन् ।

यो समाचारमा

नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पर्कविहीन निजामती कर्मचारीलाई ३ दिनभित्र हाजिर हुन सरकारको निर्देशन

    काठमाडौँ।सरकारले अध्ययन तथा असाधारण बिदा सकिएपछि पनि कार्यलयमा हाजिर नभएका र लामो समयदेखि सम्पर्कमा नरहेका निजामती कर्मचारीहरूलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै यस्ता कर्मचारीहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो व्यक्तिगत विवरण (PIS) अद्यावधिक गराउन ताकेता गरेको हो।मन्त्रालयका अनुसार अध्ययन

    Data is loading...

    Loading brands...

    Loading footer...