६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

8
Share
Featured
  • मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध ६१ किलो सुन तस्करी प्रकरणमा सम्पत्ति शुद्धीकरणको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको छ ।
  • अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ, कुल रकम २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रहेको पुष्टि भएको छ ।
  • यस प्रकरणमा दावा छिरिङसहित २९ जनाविरुद्ध सुन भन्सार चोरी, पैठारी र संगठित अपराध सम्बन्धी मुद्दा दायर गरिएको छ र केही प्रहरी, राजनीतिक तथा विदेशी व्यक्तिविरुद्ध पनि कारबाही/मुद्दा सिफारिस गरिएको छ ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ


६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । सम्पती शुद्धीकरण विभागले उनि विरुद्ध मुद्दा दायर गरेको हो ।

अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहटकाभ्रेपलान्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ । 

अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ ।

विभागले दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘खरीदको कुल मूल्य समेत गर्दा हुन आउने कुल रकम १,४५,५४,०३,९४८ रुपैयाँ तथा विदेशबाट अवैध तरिकाले आयात गरेको सुन ६० केजी ७१६ ग्रामको तत्कालीन अवस्थाको मूल्य प्रतितोला १,१२,५०० रुपैयाँका दरले हुने कुल मूल्य ५८,५६,०९,५६८ रुपैयाँ र हिमालयन बैंकमा निजका नाउँमा रहेको नं. ००२१०५५००१९००१३ को खातामा कसुरबाट प्राप्त गरी जोर जम्मा गरी कारोबार गरी निःसर्ग गरेको रकम ३,५२,००,००० रुपैयाँ समेत गरी हुने कुल रकम २,०७,६२,१३,५१६ रुपैयाँ प्रतिवादी जीवन चलाउनेले शुद्धीकरण गरेको पुष्टि हुन आयो छ ।‘

साउन ३ गते राजस्व अनुसन्धान विभागले मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाइएको सुन बरामद गरेको थियो । पछि अनुसन्धानलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मा दिइएको र ३०२ किलो सुन तस्करी भएको निष्कर्षमा पुगेको थियो ।

यस प्रकरणमा दावा छिरिङ, जीवन चलाउनेसहित २९ जनाविरुद्ध सुन भन्सार चोरी, पैठारी र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ । समितिले अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीहरूको कारबाही र केही राजनीतिक तथा विदेशी सम्बन्धित व्यक्तिविरुद्ध पनि मुद्दा सिफारिस गरेको छ ।

यो समाचारमा

बेल्जियमराजस्व अनुसन्धान विभागकाभ्रेपलान्चोकझापा
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

    काठमाडौँ।सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ । मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो । गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ,

    Data is loading...

    Loading brands...

    Loading footer...