पश्चिमी वायुको प्रभावले आज पनि यी स्थानमा वर्षा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

14
Share
Featured
  • हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहँदा कोशी र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ, जबकि अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
  • ‘मोन्था चक्रवात’ को प्रभावले केही दिनअघि वर्षा र हिमपात भई मनाङको तिलिचो ताल नजिक १३ जना पर्यटक फसेका थिए, जसलाई सुरक्षाकर्मीले सफलतापूर्वक उद्धार गरेका छन्।
  • कात्तिक १५–१६ गते बीच देशभरका ३०१ केन्द्रमा वर्षा मापन हुँदा, लमजुङको बेंसीशहरमा सबैभन्दा बढी ७१.१ मि.मि. वर्षा र ४ केन्द्रमा ५० मि.मि.भन्दा बढी वर्षा रेकर्ड भएको थियो।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकारअनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

बंगालको खाडीमा विकसित ‘मोन्था चक्र बातका’ का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो । हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो । हिमपातका कारण मनाङको ङिस्याङ गाउँपालिका-९ स्थित तिलिचो तालको आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए । उनीहरूलाई लमजुङको पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालय मनाङको टोलीले उद्धार गरेको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको विवरण मापन गरिएको थियो । त्यसमध्ये १८५ वटा वर्षा मापन केन्द्रले उल्लेख्य मात्रामा वर्षाको विवरण उपलब्ध गराएको छ ।

तीमध्ये सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१ दशमलव १ मिलिमिटर वर्षा भएको थियो । वर्षा मापन गरिएका केन्द्रमध्ये चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।

यो समाचारमा

कोशी प्रदेशजल तथा मौसम विज्ञान विभागमनाङलमजुङ
ङिस्याङ गाउँपालिका7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कान्तिपुर सहकारीका १०० ऋणीको नामावली सार्वजनिक

    काठमाडौँ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिको २०८३ जेठ २० गतेको निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा यो सूची सार्वजनिक गरिएको हो।समितिले ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न सूचित गरेको छ। यदि

    Data is loading...

    Loading brands...

    Loading footer...