बाजुरामा बस दुर्घटनाः सहचालकको मृत्यु, आठ घाइते र चालक फरार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १६, आइतबार

10
Share
Featured
  • बाजुरामा बस दुर्घटनामा घाइते भएका २४ वर्षीय बस सहचालक गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते आठ जनालाई थप उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको छ।
  • रिफर भएका घाइतेमा २ देखि २४ वर्षसम्मका पुरुष, महिला र बालबालिकाहरू छन्, जो विभिन्न चोटसहित उपचारका लागि पठाइएका छन्।
  • बस चालक दुर्घटनापछि फरार छन् र जिल्ला प्रहरी कार्यालय बाजुराले घटनाको थप अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुरामा बस दुर्घटनामा परि घाइते भएका बस सहचालक बैतडी जिल्ला दशरथचन्द नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ । जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायव उपरिक्षक गगनसिंह भाटले जानकारी दिएका छन् । घाइते जोशीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको भएपनि अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको उनले बताए ।

मार्तडी कोल्टी सडकमा पर्ने बुढीनन्दा नगरपालिका–७ सेरकाटियाका बस दुर्घटनामा परेको थियो। बस दुर्घटनामा परी घाइते भएका आठ जनालाई भने थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।  घाइते भएर अवस्था गम्भीर भएका आठ जनाको उपचारका लागि शनिबार राति नै एम्बुलेन्स र जीप मार्फत धनगढी पठाइएको छ । उनीहरुको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले जिल्लामा सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । 

उनका अनुसार स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वषीृय विशाल शाही,बुढीनन्दा नगरपालिका–६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका–५ बस्ने २४ वर्षीया जमुना मल्ल, सोही नगरपालिका–५ छातीकोट बस्ने ७ वर्षीया लक्ष्मी मल्ललाई रिफर गरिएको अस्पतालका सूचना अधिकारी गिरीले बताए । यस्तै बुढीगंगा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह,उनकी छोरी २ वर्षीया छोरी जेनिशा सिंह,५ वर्षीया पल्ले सिंह, जेसिका सिंह र बुढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४५ वर्षीया इसरा देवी सुनारलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पतालका सूचना अधिकारी गिरीको भनाइ छ ।

कोल्टीबाट धनगढीका लागि शनिबार छुटेको सुपप्र ०१–००१ ख ३१८१  नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडी गएर दुर्घटना भएको बताइएको छ ।

बस दुर्घटनापछि चालक फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।   

यो समाचारमा

बुढीनन्दा नगरपालिकाकाठमाडौँबाजुराधनगढी
बैतडी7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भन्सार छलेको आशङ्कामा ७४ वटा इभी सशस्त्र प्रहरीको नियन्त्रणमा

    काठमाडौँ।भन्सार छलेर नेपाल भित्र्याइएको आशङ्कामा सशस्त्र प्रहरी बलले ७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ती गाडीहरू मंगलबार राति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बरामद गरिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार नियन्त्रणको लागि नं. ३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका

    Data is loading...

    Loading brands...

    Loading footer...