प्रधानमन्त्रीले निर्वाचनबारे दलसँग छलफल गर्ने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०४, मङ्गलबार

19
Share
Featured

काठमाडौँ महानगरपालिका। प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन आयोग  तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् ।

छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ । छलफलमा नेपाली काँग्रेस, एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) , राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको  सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भदौ २७ गते गठन भएको थियो । सो सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरेको छ ।

पुराना दलहरुप्रति कडा रबैया अपनाएको र चुनावको वातावरण बिथोल्न खोजेको आरोप लागेका बेला प्रधानमन्त्री कार्कीले दलका नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।


 

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँ महानगरपालिकानिर्वाचन आयोगनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
बालुवाटार5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...