माओवादीको विशेष महाधिवेशन मंसिरमा हुने, यस्ता छन् अन्य ७ निर्णयहरू

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

28
Share
Featured

काठमाडौँ । नेकपा (नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र))ले २०८२ मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले मौजुदा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । 

महाधिवेशन सम्पन्न गर्नका लागिपुष्पकमल दाहाल 'प्रचण्ड'को संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय भएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । अध्यक्षलगायत सबै पदाधिकारीको व्यवस्था स्थगित गर्ने र महाधिवेशनमा युवाहरूको अधिकतम सहभागीताको वातावरण बनाउने निर्णय बैठकले गरेको छ । 

पदाधिकारी र केन्द्रीय समिति भंग भइसकेको अवस्थामा पार्टीका नियमित गतिविधिलाई अघि बढाउन सचिवालय गठन गरिने उनले बताए । बैठकले फागुन २१ मा घोषित चुनाव समयमै गर्न सरकारलाई सहयोग गर्ने र पार्टी निर्वाचनमा होमिने निर्णय गरेको छ । 

यस्ता छन् निर्णयहरू

– केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने । 


– पार्टीभित्रका नेताकार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने । 


– नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने । 


–जेनजीलाई पार्टीका सबै कमटीमा अधिकतम सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने । 


– आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने । 


– अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।


– विभिन्न विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने ।


 


 

यो समाचारमा

पुष्पकमल दाहालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...