जेनजी आन्दोलनपछि बन्द भएको शेयर कारोबार आजदेखि पुनः सञ्चालन

Author

सजिलो पत्रिका

२०८२ असोज ०२, बिहिबार

11
Share
Featured
  • भदौ २४ देखि बन्द रहेको शेयर बजार आजदेखि पुनः सञ्चालन हुने भएको छ, नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेप्सेले कारोबार सुचारु गर्ने निर्णय गरेको हो।
  • असोज १ गते बजार खुल्ने भनिए पनि जेनजी आन्दोलनका सहिदको सम्मानमा राष्ट्रिय शोक दिवस भएकाले कारोबार हुन सकेको थिएन।
  • लामो समयपछि बजार खुलेसँगै लगानीकर्तामा उत्साह र अन्यौल दुवै देखिएको छ; विशेष गरी साना लगानीकर्ता बजार फेरि घट्ने डरमा छन् भने ट्रेडरहरूले ठूलो घाटा व्यहोरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । 

यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार संचालनमा आउने भएको हो ।  गत भदौ २३ गते अन्तिमपटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दु मा बन्द भएको थियो ।

बजार बन्द भएको लामो समयपछि कारोबार खुल्दा लगानीकर्तामा उत्साह देखिएको छ । धेरैले शेयर बजार खुल्नुपर्ने भन्दै दबाब समेत दिएका थिए । तर, लगानीकर्ताहरुमा उतिकै अन्यौल पनि छ । बजार फेरि घट्ने त होइन भन्ने डर, प्रायः नवीन र साना लगानीकर्तामा बढी देखिएको छ । बजार बन्द हुँदा ठूला–साना सबै किसीमका  लगानीकर्ताहरुलाई आर्थिक घाटा भएको छ । विशेष गरी नियमीत रुपमा कारोबार गर्ने ट्रेडरहरु यसबाट प्रभावित भएका छन् ।

यो समाचारमा

नेपाल धितोपत्र बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनको मूल्यमा एकैदिन २० हजार ५०० को भारी वृद्धि

    काठमाडौँ।नेपाली बजारमा सुनको मूल्यमा एकैदिन २० हजार ५०० रुपैयाँको भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ, जुन अहिलेसम्मकै उच्च हो।सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दरमा १० प्रतिशत वृद्धि गरेपछि त्यसको प्रत्यक्ष असर

    Data is loading...

    Loading brands...

    Loading footer...