नारायणकाजी श्रेष्ठद्वारा जेन जी आन्दोलनलाई समर्थन, तर अराजकताप्रति चिन्ता व्यक्त

Author

सजिलो पत्रिका

२०८२ भदौ २६, बिहिबार

9
Share
Featured
  •  नारायणकाजी श्रेष्ठले जेन-जी आन्दोलनलाई ऐतिहासिक र विश्वकै अविस्मरणीय मोड ठानेर यसको प्रमुख मागहरू—सुशासन, भ्रष्टाचार अन्त्य, राजनीतिक शुद्धीकरण र सामाजिक न्याय—लाई समर्थन गरेका छन्।
  • आन्दोलनमा अवाञ्छित तत्त्वको प्रवेशले तोडफोड, आगजनी र लुटपाट जस्ता घटनाहरू भएकोमा दुःख व्यक्त गर्दै, यसलाई स्वार्थ समूहले प्रयोग गरेको हुन सक्ने चेतावनी दिएका छन्।
  • उनले पाँच प्रमुख एजेन्डा प्रस्ताव गरे: राष्ट्रिय सार्वभौमिकता, उन्नत लोकतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी, सुशासन/भ्रष्टाचार अन्त्य, र सामाजिक न्याय/समृद्धि; साथै वैदेशिक हस्तक्षेपबाट सचेत रहन आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले जेन जी पुस्ताले थालेको आन्दोलनलाई नेपालको मात्र नभई विश्वकै इतिहासमा अविस्मरणीय मोडका रूपमा दर्ज हुने बताएका छन्। बुधबार साँझ फेसबुकमार्फत उनले आन्दोलनका मागलाई समर्थन गर्दै सुशासन, भ्रष्टाचारको अन्त्य, राजनीतिक शुद्धीकरण र सामाजिक न्यायसहितको समृद्धिका पक्षमा आफू निरन्तर संघर्षरत रहेको स्मरण गराए।

श्रेष्ठले भने, “तपाईँहरूको साहसिक पहलले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, तर वास्तविक सफलता वार्ता र आगामी घटनाक्रमको दिशाले निर्धारण गर्नेछ।” यद्यपि, उनले आन्दोलनमा अवाञ्छित तत्त्वको घुसपैठ र नियन्त्रण गुमाउँदा सिंहदरबारदेखि राष्ट्र बैंकसम्म तोडफोड, आगजनी र लुटपाटजस्ता घटनाले मुलुकलाई गम्भीर क्षति पुर्‍याएकोमा दुःख व्यक्त गरे। उनले यसलाई योजनाबद्ध रूपमा विभिन्न शक्तिहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरेको सम्भावना पनि औँल्याए।

श्रेष्ठले आन्दोलनकारीलाई पाँच प्रमुख एजेन्डा स्पष्ट पार्दै अघि बढ्न अपिल गरेका छन्, जसमा राष्ट्रिय सार्वभौमिकताको रक्षा, उन्नत लोकतन्त्रको अभ्यास, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको राजनीतिक स्थिरता, सुशासन र भ्रष्टाचारको अन्त्य, तथा शिक्षा, स्वास्थ्य, रोजगारीसहितको सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढ्न सुझाव छ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले वैदेशिक हस्तक्षेपको खतरा बढेको भन्दै सचेत रहन आग्रह गरे। उनले जेन जी आन्दोलनले इतिहासमा अग्रगामी फड्को मार्न सक्ने तर त्यसका लागि राष्ट्रिय हित, लोकतन्त्र र सुशासनलाई शृङ्खलाबद्ध कार्यसूची बनाउनुपर्नेमा जोड दिएका छन्। उनले आगामी अन्तरिम सरकार जेन जी को प्रस्ताव र सहमतिमा बन्नुपर्ने शुभेच्छा समेत व्यक्त गरे।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नारायण काजी श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...