अदालतको अवहेलनामा नारायणकाजी श्रेष्ठसँग सर्वोच्चले माग्यो लिखित जवाफ

Author

सजिलो पत्रिका

२०८२ भदौ १७, मङ्गलबार

26
Share
Featured

श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने भनी सामाजिक सञ्जालबाट लेखेर अदालतमाथि अनास्था फैलाउने काम गरेको भन्दै उनीविरुद्ध उजुरी दिएको उल्लेख छ ।

समाचार सारांशGenerated using AI.

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ सँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । अदालतको अवहेलना मुद्दामा उनीसँग लिखित जवाफ माग गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा अदालतका विरुद्ध लेखेको भन्दै उनीविरुद्ध मोरङका एक विद्यार्थीले निवेदन दिएका थिए ।

मोरङ स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले श्रेष्ठले भदौ ६ गते सामाजिक सञ्जाल फेसबुकमा गरेको पोष्टबाट अदालतको अवहेलना भएको जिकिरसहित निवेदन दर्ता गराएका थिए ।

श्रेष्ठले भनसुन र घुसबिना अदालतबाट न्याय नपाउने टिप्पणी फेसबुकबाटै गरेका थिए ।

“अहिले न्यायालयको स्थिति यस्तो छ कि न्यायका लागि अदालत पुग्ने कुनै पनि नेपालीले आफ्नो सम्पर्क पहुँचद्वारा न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति छैन,” श्रेष्ठले लेखेका थिए ।

श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने भनी सामाजिक सञ्जालबाट लेखेर अदालतमाथि अनास्था फैलाउने काम गरेको भन्दै उनीविरुद्ध उजुरी दिएको उल्लेख छ । उक्त मुद्दामा बहस गर्दै अधिवक्ता अर्जुनबहादुर खड्काले माओवादी नेता श्रेष्ठले दिएको अभिव्यक्ति कारबाहीयोग्य भएको बताउँदै कारबाही हुनुपर्ने जिकिर गरेका थिए ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका श्रेष्ठलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) बमोजिम हदैसम्मको सजाय माग गरिएको छ । कसूर ठहरिए श्रेष्ठलाई एक वर्षसम्म कैद वा दश हजाररुपैयाँसम्म वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्नेछ ।

 

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँनारायण काजी श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    त्रिभुवन विमानस्थलमा अवतरण गरेको जहाजमा वृद्ध मृत फेला

    काठमाडौँ।अमेरिकाबाट नेपाल फर्किँदै गरेका गोरखाका ७३ वर्षीय श्यामहरि महरहट्टाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजभित्रै मृत्यु भएको छ। टर्किस एयरलाइन्सको जहाजमार्फत आज बिहान काठमाडौं आइपुगेका उनी जहाजभित्रै अचेत अवस्थामा फेला परेका थिए।विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार अचेत भेटिएका महरहट्टालाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका

    Data is loading...

    Loading brands...

    Loading footer...