लियो परिषदद्वारा टोखामा रक्तदान तथा स्वास्थ्य शिविर आयोजना

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

43
Share
Featured
  • कार्यक्रम आयोजना: लियो जिल्ला परिषद ३२५ जे, नेपालले असार ७ गते टोखा, काठमाण्डौस्थित Bonfire Restaurant मा ‘Lead with Smile Service Camp 2025 Phase 2’ अन्तर्गत रक्तदान तथा स्वास्थ्य शिविर आयोजना गर्दैछ।
  • उद्देश्य र सहभागिता: Blood Donors Association Tokha Nagar Committee र Tokha Restaurants and Bebashaya Group को सहकार्यमा हुने शिविरमार्फत ८० पिन्ट रगत संकलन गर्ने लक्ष्य छ, र कार्यक्रमले रगत अभाव हटाउने तथा सामाजिक सेवा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

लियो जिल्ला परिषद् ३२५ जे, नेपालले ‘Lead with Smile Service Camp 2025 Phase 2’ आगामी महिना असार ७ गते  काठमाडाैँको टोखास्थित मिलन बजारमा रहेको बोनफायर रेस्टुरेन्ट (Bonfire Restaurant) मा आयोजना गर्ने भएको छ।

कार्यक्रम अन्तर्गत रक्तदान र स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। Blood Donors Association Tokha Nagar Committee र Tokha Restaurants and Bebashaya Group को सहकार्यमा आयोजना हुने उक्त शिविरमा झण्डै ८० पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै लियो जिल्ला परिषदका प्रवक्ता लियो विजय त्रिपाठीले अस्पतालहरूमा रगतको अभाव देखिएको र जुन महिना ‘Blood Donation Month’ भएकाले पनि यो शिविर आयोजना गरिएको बताए।

कार्यक्रमको संयोजन जिल्ला Enterprenuer Head लियो सिलन श्रेष्ठको नेतृत्वमा गरिनेछ। परिषद्ले कार्यक्रमलाई प्रभावकारी बनाउन तयारी तीव्र बनाएको छ।

जिल्ला अध्यक्ष लियो सबिन भट्टराईले सबै लियो सदस्यहरूलाई सेवा भावका साथ एकताबद्ध भई सहभागी हुन आह्वान गरेका छन्। लियो परिषदले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले शिक्षा, स्वास्थ्य, तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। ‘Lead with Smile’ कार्यक्रम पनि सोही सेवामूलक यात्राको एक उदाहरण भएको परिषदले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारद्वारा भूमि समस्या समाधान समिति गठन

    काठमाडौँ।सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि नयाँ समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका बलभद्र बास्कोटाको अध्यक्षतामा चार सदस्यीय 'भूमि समस्या समाधान समिति' गठन गर्ने निर्णय गरेको हो।यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित सरकारले पुरानो भूमि आयोगलाई 'राजनीतिक भर्ती केन्द्र' भएको भन्दै अध्यादेशमार्फत खारेज गरेको थियो। सोही रिक्ततालाई

    Data is loading...

    Loading brands...

    Loading footer...