सहमति जुटेन, आजको संसद बैठक पनि नबस्ने सम्भावना

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

43
Share
Featured

काठमाडौँ,जेठ २९ ।

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। तर, भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले संसद अवरोध जारी राखेकाले बैठक सुचारु हुनेमा अनिश्चितता छ।

आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भ गर्न प्रस्ताव पेस गर्ने र संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने महत्त्वपूर्ण कार्यसूची छ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र प्रकरणको छानबिनका लागि समिति गठनको मागमा प्रतिपक्ष अडिग रहँदा सहमति जुट्न सकेको छैन। सभामुख देवराज घिमिरेको प्रयासका बाबजुद दलहरूबीचको गतिरोध कायमै रहेकाले बजेटजस्तो महत्त्वपूर्ण विषयमाथिको छलफल प्रभावित हुने देखिएको छ।

यो समाचारमा

देवराज घिमिरेरमेश लेखकविष्णुप्रसाद पौडेलकाठमाडौँ
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

    काठमाडौँ।प्रहरीले देशका विभिन्न भागमा गरेको नियमित गस्ती र खानतलासीका क्रममा लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, मोरङ, बझाङ, सुर्खेत, सर्लाही लगायतका जिल्लाबाट उनीहरूलाई नियन्त्रित औषधि, ब्राउन सुगर र गाँजासहित नियन्त्रणमा लिइएको हो।काठमाडौँको कालधारा र गोकर्णेश्वरबाट ठूलो परिमाणमा ट्रामाडोल, डाइजेपाम र फेनारगनसहित चार जना पक्राउ परेका छन्।

    Data is loading...

    Loading brands...

    Loading footer...