डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा विस्तार

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

9
Share
Featured


डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सञ्चालनमा ल्याइएको छ। नेपाल टेलिकमले दुर्गम हिमाली क्षेत्रमा पनि उच्चगतिको मोबाइल सेवा विस्तार गर्ने क्रममा उक्त सेवा सुरु गरेको हो।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार समुद्री सतहदेखि करिब ४ हजार २०० मिटर उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सेवा सञ्चालन गरिएको हो। यो माथिल्लो डोल्पामा सञ्चालनमा आएको पहिलो फोरजी साइटसमेत हो।

यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको संख्या ७५० पुगेको छ। डोल्पाका अन्य दुई गाउँपालिका तथा मनाङको नार्पा भुमी गाउँपालिकामा अझै सेवा विस्तार बाँकी रहेको र निकट भविष्यमा त्यहाँ पनि फोरजी सेवा पुर्‍याइने टेलिकमले जनाएको छ।

फोरजी सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पर्यटक तथा पदयात्रीहरूको सञ्चार पहुँच सहज हुने अपेक्षा गरिएको छ। साथै प्रशासनिक, शैक्षिक, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका गतिविधिमा समेत यसले सहयोग पुग्ने विश्वास गरिएको छ।

यो समाचारमा

नार्पा भुमी गाउँपालिकाडोल्पाकाठमाडौँनेपाल टेलिकम
मनाङ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फलफूल खेतीमा विषादीको विकल्प बन्दै ‘जैविक झोल’

    काठमाडौँम्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा फलफूलबालीमा लाग्ने रोगकिरा नियन्त्रणका लागि रासायनिक विषादीको विकल्पस्वरूप ‘जैविक झोल’ प्रयोग गर्न थालिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जोमसोममार्फत स्थानीय जडीबुटी र घाँसको मिश्रणबाट तयार गरिने उक्त झोल प्रयोगमा ल्याइएको हो ।परियोजनाले ‘इपिफाइटिक ल्याक्टिक एसिड ब्याक्टेरिया’ नाम दिएको यो जैविक झोल गत वर्ष

    Data is loading...

    Loading brands...

    Loading footer...