मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु, यातायात व्यवस्थापनमा कडाइ

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

10
Share
Featured
  • मनसुनजन्य वर्षाका कारण हुने सडक तथा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३’ नयाँबसपार्कबाट सुरु गरिएको छ।
  • ट्राफिक प्रहरीले मौसम सूचना पालना, अनलाइन टिकट प्रणाली, सीसीटीभी र जीपीएस जडानमार्फत यातायात व्यवस्थापन सुधार गर्ने योजना अघि सारेको छ।
  • यात्रु सुरक्षाका लागि ‘ब्यागेज ट्याग’ अनिवार्य गर्ने निर्णय गरिएको छ, जसलाई जेठ १५ गतेदेखि लागू गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३’ सुरु गरिएको छ। नयाँबसपार्क, गोँगबुमा आयोजित कार्यक्रममार्फत अभियानको औपचारिक शुभारम्भ गरिएको हो। मनसुनका कारण हुने सडक तथा सवारी दुर्घटना र क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको बताइएको छ।

अभियानको शुभारम्भ काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले गर्नुभयो। उहाँले मौसम पूर्वानुमानको सूचना पालना गरेर यात्रा गरे दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै चालक, सहचालक र यात्रुको जिम्मेवारी महत्वपूर्ण हुने बताउनुभयो। साथै, जथाभावी बस सञ्चालन रोक्न कडा कारबाही गरिने र सार्वजनिक सवारीमा अनलाइन टिकट प्रणाली विस्तार गरिने जानकारी पनि दिनुभयो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सिमलताल र झ्याप्ले खोलाजस्ता विगतका दुर्घटनाबाट पाठ सिक्दै अभियान अघि बढाइएको बताउनुभयो। उहाँले नयाँ बसपार्कलाई केन्द्र बनाएर सार्वजनिक यातायात सञ्चालन व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ट्राफिक प्रहरीले गोँगबु, कलङ्की, नागढुङ्गा, कोटेश्वर, जगाती र बल्खु लगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने जनाएको छ। यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न ‘ब्यागेज ट्याग’ अनिवार्य गर्ने निर्णय गरिएको छ, जसलाई जेठ १५ गतेदेखि लागू गर्ने तयारी गरिएको छ। साथै सवारी साधनमा सीसीटीभी र जीपीएस जडान गरी निगरानी थप कडा बनाइने पनि जानकारी दिइएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालविवाहका सूचना दर्ता बढ्दो ।

    झापा ।  बितेका  १० महिनामा  कोशी प्रदेशमा बाल हेल्पलाइन सेवामा ३८ बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२र८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता

    Data is loading...

    Loading brands...

    Loading footer...