नेकपा नीति -प्रतिष्ठानको निर्देशक कमिटीमा ६ नाम प्रस्ताव

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

15
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नीति तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनका लागि ६ जनाको नाम प्रस्ताव गरेको छ। प्रस्तावित नामहरूबारे आज बस्ने एमाले सचिवालय बैठकले निर्णय गर्नेछ।

प्रतिष्ठानको अध्यक्षमा विष्णु रिमाललाई यसअघि नै मनोनयन गरिएको छ। सदस्यका रूपमा डा. युवराज खतिवडा, डा. नेत्र तिमिल्सिना, डा. योगेन्द्र गुरुङ, विनोद पाण्डे र एक कार्यकारी निर्देशकको नाम प्रस्ताव गरिएको छ।

पार्टीको ११औँ महाधिवेशनपछि नेतृत्व संरचनामा पुनर्गठन भइरहेको सन्दर्भमा यो प्रस्ताव अघि सारिएको हो। सचिवालयको निर्णयपछि नामहरू केन्द्रीय कमिटीबाट अनुमोदन हुने बताइएको छ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पर्कविहीन कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही

    काठमाडौँ, जेठ २१ भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (PIS) अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...